१२ कार्तिक २०८१ सोमबार
image/svg+xml

चरित्रहत्या आरोपमा पक्राउ परेका ट्याक्सी चालकमाथी पाँच दिनको म्याद थप गरी अनुसन्धान

पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो।

बस र माइक्रो एकापसमा ठक्कर खादाँ एकको मृत्यु, १७ जना घाइते

बिहीबार साँझ साढे ५ बजे काठमाडौँबाट बझाङ जाँदै गरेको ना६ख १३४० नंको बस र भैरहवाबाट काठमाडौँतर्फ गइरहेको लु२ख ३५०२ नंको माइक्रो विङ्गर एकापसमा ठक्कर खाँदा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५/३६ वर्षका एक पुरुषको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।

कोदालो प्रहार गरी भतिजाले गरे काकाको हत्या

खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजा रामनाथलाई काका रामबहादुरले घर आउनका लागि बोलाउन जाँदा भतिजा रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो तत्कालै काकाको टाउकामा प्रहार गरेर हत्या गरेका थिए।

छचौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

गङ्गाचोकमा दुर्घटना, दुई जनाको मृत्यु

विराटनगरबाट इटहरीतर्फ गइरहेको भारतीय नम्बर एफआर३८एफ २२१० को ट्रेलर गाडीले सोही दिशातर्फ गइरहेको को३०प ९१०३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ललितपुरमा क्विक रेस्पोन्सका लागि विद्युतीय स्कुटर

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गरे। उनले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गरे।

तस्करी हुँदै गरेको चुरोट प्रहरी नियन्त्रणमा

विरगञ्जको सुक्खा बन्दरगाहामा दुबैबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ।

नेपालमा युरेनियम खोज्दै भारतीय सुरक्षा टोली

भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ।

बोरिङ खन्ने क्रममा लेदो माटोसहितको फोहोरा निस्किएपछि खानी विभागलाई बोलाइयो

सोही ठाउँका एक स्थानीयको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

हतियार खरिदबाट पछि हट्यो सरकार

आर्थिक मन्दीको कारण देखाउँदै नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने निर्णयबाट सरकार पछि हटेको छ।

पोखरेलको ‘रकेट यात्रा’मा पूर्णविराम !

आइजिपी नियुक्तिमा असन्तुष्ट बन्दै अदालतको ढोका ढक्ढकाउन पुगेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको रिट खारेज गर्दै सर्वोच्चले सरकारको निर्णय सदर गरेको हो।

गोरुको मासुसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का ४५ वर्षीय प्रतीक ठकुरी र कास्कीको पोखरा महानगरपालिका–११ का ३५ वर्षीय होम घिमिरे छन्।

पावर हाउसमा पुरिएर तीन जनाको मृत्यु

८० किलोवाटको भित्री खोला लघु जलविद्युत् आयोजना सञ्चालनमा आएदेखिनै गोरखबहादुरको परिवार त्यहाँ बस्दै आएको थियो।

हतियार खरिदमा यस्तो ‘डिल’

‘मेरो कुनै संलग्नता छैन, त्यो भिडियो कसरी आयो, कहाँबाट आयो, अहिले मलाई जानकारी छैन,’ भट्टले भने। त्यतिबेला प्रहरी प्रधान कार्यालयले १२ बोर प्रयोग नगर्ने भनेर रोकेको थियो। अहिले त्यही हतियार किन ल्याउन खोजियो भन्ने थाहा छैन,’ पूर्वडिआइजी मल्लले भने। नेपाल प्रहरीका एक अधिकारीका अनुसार हतियार आवश्यक रहेको कुरा कहीँबाट छिप्दैन तर ल्याउने प्रक्रिया र पारदर्शितामा प्रश्न उठेको छ।

यातायात व्यवस्था कार्यालय सानो भर्‍याङबाट विचौलियाहरु पक्राउ

प्रहरी वृत्त स्वयम्भूको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबर्जस्ती तानी सरकारी काम कारबाहीमा बाधा–अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्