२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चरित्रहत्या आरोपमा पक्राउ परेका ट्याक्सी चालकमाथी पाँच दिनको म्याद थप गरी अनुसन्धान

लैङ्गिक अल्पसङ्ख्यकको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–५ घर भइ काठमाडौँ बस्ने ट्याक्सी चालक कर्मवाङ सिंह लामालाई पक्राउ गरेको छ।  

प्रहरीको साइबर ब्युरोका अनुसार लामामाथि पीडित व्यक्तिको नक्कली फेसबुक एकाउन्ट खोलेर फोटो राखी अश्लील गतिविधि गरेकाले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा अघि बढाइएको हो। उनीमाथि बिहीबार अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको ब्युरोले जनाएको छ।

उनले नक्कली फेसबुक एकाउन्टबाट ती व्यक्तिको फोटो राखी म्यासेन्जरमार्फत उनका साथीहरुसँग कुराकानी गरी पैसासमेत मागेको खुलेको छ। उनले पीडितको बारेमा अफवाहसमेत फैलाएको पाइएको ब्युरोले जनाएको छ। 

प्रकाशित: ६ श्रावण २०७९ ०५:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App