९ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

मण्डपमै बालविवाह रोकियो

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्डेमा प्रहरीले बालविवाह रोकेको छ। १६ वर्ष उमेरकी दाहाल थरकी बालिकाको विवाह हुन लागेको जानकारी पाई प्रहरीले विवाह मण्डपमै पुगी विवाह रोकेको हो।

प्रहरीविहीन सीमा प्रहरी चौकी

मुगम कामारोङ गाउँपालिका–२ स्थित सीमा प्रहरी चौकी गत मंसिरदेखि प्रहरीविहीन रहेको छ। जाडोका कारण मंसिरदेखि जिल्लामा ल्याइएका सुरक्षाकर्मीलाई फागुनसम्ममा फर्काइसक्नुपर्ने भए पनि हालसम्म फिर्ता नगरिएकाले सो चौकी प्रहरीविहीन भएको हो।

दुई एआईजीको सरुवा

नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ। एआईजीपी पुष्कार कार्की र धिरु बस्न्यताको सरुवा भएको हो। गत १७ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो।

छ महिनादेखी सीमा प्रहरी खाली

मुगु जिल्लाको पूर्वीय भेगमा रहेको मुगम कामारोङ गाँउपालिका वडा नमबर २ मा रहेको सीमा प्रहरी चौकी मंसिर महिनादेखी सुरक्षाकर्मी विहिन रहेको छ।

नयाँ बसपार्कमा करिडोर निर्माण, टहरा पसल हटाइयो

ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण नियन्त्रण कार्ययोजनाअन्तर्गत सोमबार उक्त करिडोर निर्माण गरेको हो। करिडोर निर्माणका क्रममा सडक अतिक्रमण गरेर थापिएका टहरा पसल हटाइएको छ।

काठमाडौं प्रहरी परिसर र अपराध महाशाखाका प्रमुख फेरिए

प्रहरी प्रधान कार्यालय नक्सालले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखामा प्रमुखको हेरफेर गरेको छ। काठमाडौंको प्रहरी प्रमुखमा एसएसपी उत्तमराज सुवेदी सरुवा भएको हो भने अपराध महाशाखाको प्रमुखमा एसएसपी सहकुल थापा सरुवा भएकाे हाे।

बलात्कार आरोपमा प्रहरी पक्राउ

मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान शनिबार पक्राउ परेका छन्।

‘संस्कार नबदलेसम्म हिंसा रोकिन्न’

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्कार नबलेसम्म हिंसा नरोकिने बताएका छन्।

मादक पदार्थ सेवन गरी डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिका प्रहरी नियन्त्रणमा

नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई शनिबार बिहान तीन बजे नियन्त्रण्मा लिएको हो।

प्रहरीको पेस्तोल लुटेर तस्कर फरार

धनुषाको मुखियापट्टी मुसहर्निया गाँउपालिकामा तस्करहरूको एक समूहले प्रहरीको पेस्तोल लुटेर फरार भएका छन्।

हत्यारालाई कडा कारबाहीको माग गर्दै जिप्रका घेराउ

पत्नीलाई गुलेलीको रबरले घाँटीमा बाँधेर हत्या गर्ने पति र घटनामा संलग्न परिवारका सदस्यलाई कडा कारबाहीको माग गर्दै जिल्लास्थित विभिन्न महिला समूहले मंगलबार जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।

आर्मीको सपना अधुरै

पहिलो पटक कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको त्रिभुवन आर्मीलाई स्तब्ध बनाउँदै सशस्त्र प्रहरी बलको एपिएफले मंगलबार पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

बिहे मण्डपबाट अपहरित बालकको उद्धार

बिहे मण्डपबाट अपहरित राजगढ गाउँपालिका–३ नर्घोका एक बालकको प्रहरीले उद्धार गरेको छ। जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी उद्धार गरिएका बालक १२ वर्षीय लक्ष्मण यादवलाई उनको परिवारको जिम्मा लगाएको छ। गत शुक्रबार राति मामाको बिहेमा जन्ती गएका लक्ष्मणलाई प्रहरीले भारतको बिहार सितामढी कुम्भ सिवहरबाट गएराति उद्धार गरी राजविराज ल्याएको जनाएको छ।

खैरो हेरोइनसहित एक पक्राउ

नेपाल प्रहरीले नागढुङ्गाबाट खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरी नगरपालिका–२ मा जाँचका क्रममा ना ७ ख ५९७२ नं को यात्रुबाहक बसबाट लागुऔषधसहित कैलाली टीकापुरका २५ वर्षीय भरत भण्डारीलाई आज बिहान पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्