एसपी रजौरे र डिएसपी शर्मा प्रदेशकै उत्कृष्ट प्रहरी
कर्णाली प्रदेश प्रहरी कार्यालयले एसपी वसन्त रजौरे र डिएसपी विनोद शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेको छ। आफू खटिएको कार्यक्षेत्रको शान्ति सुरक्षामा महत्वपूर्ण योगदान पु-याएको भन्दै प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रजौरे र जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख शर्मालाई उत्कृष्ट प्रहरी पुरस्कार दिएको हो।