सभामुख महरासँग स्वीट्जरल्याण्डका राजदूतको भेटवार्ता
नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।
नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ क्यापेलरले सभामुख कृष्णबहादुर महरासँग शिष्टाचार भेट गरेकी छिन्।
सरकारमा जानै लागेको संघीय समाजवादी फोरम नेपालले सत्तारुढ दल एमाले,माओवादी केन्दसँग तीनवटा मन्त्रालय,एक राज्यमन्त्री र उपसभामुख पद मागेको छ।
प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षले पाउने सुविधा एकै प्रकारको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ अनुसार दुवैले मासिक करिब एक लाख ३६ हजार रुपैयाँ पाउने छन्।
नेकपा माओवादी केन्द्रका नेता एवं ७ नम्बर प्रदेशका इन्चार्ज लेखराज भट्टले सभामुख पदमा दाबी गरेका छन्। वाम गठबन्धनसहित पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमालेले राष्ट्रपति र माओवादी केन्द्रले सभामुख पाउने भागवण्डा भएसँगै भट्टले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
बुटवलस्थित पाँच नम्बर प्रदेशसभा भवन । उपसभामुख चयन कार्यतालिका बमोजिम आइतबार प्रदेशसभामा निर्वाचन हुँदै थियो । प्रदेशसभा भवनको पछिल्लो पंक्तिमा थिइन्– उपसभामुख पदकी उम्मेदवार कृष्णी थारु ।
प्रदेश नं ५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित भएकी छन्। प्रदेशसभामा आज भएको निर्वाचनमा नेकपा एमालेबाट प्रदेशसभा सदस्य थारूलाई एमालेसहित माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनमोर्चासहितले समर्थन गरेका थिए ।
प्रदेश नम्बर ४ को उपसभामुखमा सिर्जना शर्मा निर्वाचित भएकी छन्। आइतबार उपसभामुखको लागि भएको निर्वाचनमा उनले ३८ मत प्राप्त गर्दै विजयी भइन्।
प्रदेश नम्बर ४ को उपसभामुखको लागि तीन जनाको उम्मेदवारी परेको छ। बिहान ९ बजेदेखि ११ बजेसम्मको निर्धारित समयमा तीन जनाले उम्मेदवारी दर्ता गरेका थिए।
प्रदेश ७ मा माओवादी केन्द्रका दार्चुलाका प्रदेशसभा सदस्य निर्मला बडाल जोशी उपसभामुख हुने भएकी छन । प्रदेश सचिवालयले प्रकाशित गरेको निर्वाचन तालिकाअनुसार शनिबार उपसभामुखका लागि जोशीको मात्र मनोनयन दर्ता भएको छ ।
प्रदेश नम्बर पाँचका सभामुख पूर्ण घर्तीलाई प्रदेशसभा नेतृत्वकर्ताको हिसाबले विधि र कानुन निर्माणका लागि महत्वपूर्ण अवसरसँगै चुनौती पनि थपिएको छ । विशेषगरी तत्कालीन ‘जनसत्ता’ का लिखतले निम्त्याएका विवाद समाधान उनका सामु पेचिलो मुद्दा बनेर खडा भएको छ ।
प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी उपमाकुमारी देव निर्वाचित भएकी छिन् । सप्तरीबाट समानुपातिक कोटामा प्रदेशसभा सदस्य भएकी देव राजपा समर्थनमा निर्विरोध उपसभामुख निर्वाचित भएकी हुन् ।
प्रदेश ४ को पहिलो सभामुखमा माओवादी केन्द्रका सदस्य नेत्रनाथ अधिकारी निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकले अधिकारीलाई सर्वसम्मत तरिकाले सभामुखमा चयन गरेको हो । सभामुखमा अधिकारीको मात्र उम्मेदवारी परेको थियो।
प्रदेश न ४ को सभामुखमा माओवादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्वाचित भएका छन। बिहिबार बसेको संसदको दोश्रो बैठकले उनलाई सर्वसहमतिको आधारमा सभामुखमा निर्विरोध चयन गरेको हो।
प्रदेश नं ५ को सभामुखमा रुकुम पूर्व प्रदेशसभा ‘ख’ बाट निर्वाचित सदस्य पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। प्रदेश नं ५ को बुधबार बसेको बैठकले घर्तीलाई प्रदेशसभा सभामुखमा निर्विरोध निर्वाचित गरेको हो।
पाँच नम्बर प्रदेशसभाको सभामुखमा पूर्णबहादुर घर्तीको एकल उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । प्रदेशसभा सचिवालयले घर्तीको एकल उम्मेदवारी परेको जानकारी दिएपनि निर्विरोध भएको घोषणा गरेको छैन ।