५ आश्विन २०८१ शनिबार
image/svg+xml

बैतडीमा हिमपात, विद्युत सेवा अवरुद्ध

मौसममा बदलीसँगै बैतडीका उच्च लेकाली क्षेत्रमा हिमपात सुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरालगायतका क्षेत्रमा बिहीबार फेरी हिमपात भएको हो।

हिमपात र वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि सशक्त हुनेछ। यसका कारण देशको मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ।

डोजरले सात दिन लगाएर हिउँ पन्छायो, दुई साता पछि नाग्म सडक सूचारु

भारी हिमपातका कारण दुई सातादेखि बन्द नाग्म गमगडी सडक सूचारु भएको छ। गत मंसिर २६ गते परेको हिउँ २ फिटसम्म जमेपछि सडक अवरुद्द बनेको थियो।

हिमपातपछि बन्द विद्यालय अझै खुलेनन्

हिमपातपछि चिसो बढेको कारण देखाउँदै बन्द गरीएका यहाँका लेकाली भेगका ४० भन्दा बढी विद्यालय एक साता बितिसक्दा पनि अझै खुलेका छैनन्।

हिमपातले पर्यटक आवागमन ठप्प

भारी हिमपातका कारण कर्णालीमा पर्यटक आवागमन ठप्प भएको छ। हिउँ पग्लिएर सडक चिप्लो भएपछि सवारीसाधन जान सक्ने अवस्था छैन। हवाईमार्गबाट जिल्ला सदरमुकामसम्म आउन सक्ने अवस्था देखिए पनि पर्यटकीय गन्तव्यसम्म पुग्न सकिने अवस्था नरहेको स्थानीय बताउँछन्।

हिमपातका कारण बर्सेनि सास्ती खेप्दै यात्रु

हिउँदको समयमा सडकमा आउनसक्ने विपद्को समाधानका लागि डडेल्धुरामा सरोकारवाला निकायको तयारी नहुँदा बर्सेनि यात्रुहरूले सास्ती खेप्नु परिरहेको छ।

हिमपातपछि कष्टकर बन्यो सुदूरपश्चिमका पहाडी जिल्लाको जनजीवन

सुदूरपश्चिम प्रदेशमा हिमपात पछिको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। मसिर २६ बिहीबार साँझदेखि परेको झरीपछि शुक्रबार बिहानैदेखि भएको हिमपातपछी यहाँका स्थानीयहरुले जाडो मौसमको चिसोको समस्यासँगै विद्युत, सूचना, सञ्चार, यातयातलगायतका बिभिन्न समस्याको सामाना गर्नु पर्‍यो।

हिउँबाट बच्न ७२ घन्टा ओडारमा

जुम्लाको तिला गाउँपालिका–९ ढिपुगाउँका छविराज बोहोरा १२ जना साथीसँग सेरा फुलबारी पाटनतिर लाग्दा आकाश खुला थियो। सेतक चिनी (एक प्रकारको जडीबुडी) पकाउन भन्दै घरबाट हिँडेको भोलिपल्ट एक्कासि भारी हिमपात भएपछि उनीहरू पाटनतिरै अलपत्र परे।

खप्तडमा हिमपातः जीवजन्तुमा जोखिम

बुधबार रातीबाट पर्न थालेको हिउँले यतिबेला खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र ढक्कमक्क छोपिएको छ। लगभग सबैजसो क्षेत्रमा २/३ फिट बाक्लो हिउँ परेको छ। यसरी बाक्लो हिमपात हुँदा खप्तडमा रहेको संरक्षित जीवजन्तुहरुमा जोखिम बढेको छ। खप्तडमा अहिले तापक्रम माईनस ६/७ डिग्री सेल्सियससम्म पुग्न थालेको खप्तडस्थित नेपाली सेनाले जनाएको छ।

वर्षा र हिमपातले जनजीवन कष्टकर

शुक्रबार बिहानदेखि करिब २४ घण्टा भएको वर्षा र हिमपातले जिल्लाको उच्च भेगको जनजीवन कष्टकर बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारण मारमा परेका छन्।

बर्षाले हिमपात, लेक क्षेत्रमा अत्यधिक चिसो

शुक्रबार बिहानदेखिको २४ घण्टे बर्षासँगै जिल्लाको उच्च लेक क्षेत्रमा केही वर्ष यताकै बाक्लो हिमपात भएको छ। बर्षा र हिमपातका कारण ती क्षेत्रमा अत्यधिक चिसो बढेसँगै जनजीवनसमेत प्रभावित बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारणहरु मारमा परेका छन्।

ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात

पुस अन्तिम र माघमा मात्र हिमपात हुने ताप्लेजुङको तल्लो क्षेत्रमा मंसीरमै हिमपात भएको छ। शुक्रबारदेखि सुरु भएको हिमपात पानी पर्ने क्रम जारी रहेकोले अझैं राकिएको छैन। शनिबार सुकेटार विमानस्थलसहित तल्लो क्षेत्रमा पनि हिमपात भएको छ।

हिमपात र वर्षाले जनजीवन प्रभावित

शुक्रबार दिनभर गोरखा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षात् भएको छ। पश्चिम वायुको प्रभावका कारण देशभर मौसममा बदली आएसँगै उत्तरी गोरखातिर भने दिनभर हिमपात भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्