२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

रिभल्वरसहित मानिस पक्राउ

सिरहा प्रहरीले बिष्णुपुर गाउँपालिका -४ थलहाबाट रिभल्वरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने ३० वर्षिय कृष्ण यादव रहेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

वीरगञ्जमा गोली चल्यो : प्रहरीको जवाफी कारवाहीमा एक घाइते, हतियार बरामद

पर्साको वीरगञ्जमा गोली चलेको छ। मंगलबार राती अपराधिक समूहका सदस्यले प्रहरीमाथि पेस्तोल तेर्स्याएपछि जवाफी कारवाहीमा एक जना घाइते भएका छन्।

फरार अभियुक्त पक्राउ

रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।

हतियार देखाएर ३ लाख लुटपाट

भारतीय नम्बर प्लेटको प्लसर मोटरसाइकल चढेर आएका २ जना अपरिचित ब्यक्तिले हतियार देखाएर मंगलबार दिउँसो १ बजेतिर ३ लाख लुटेका छन्।

प्रहरीको पेस्तोल लुट्ने तराई मुक्ति मोर्चाका कार्यकर्ता पक्राउ

प्रहरीले विभिन्न अपराधी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुदामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नपा २ गेडहीगुठीका ४२ वर्षका राम एकबाल सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको क्राइम इन्भेस्टिगेसन टिमले सोमबार अबेर साँझ झाँझपुलबाट पक्राउ गरेको हो।

हतियार र दस्तावेजसहित विप्लव समूहका कार्यकर्ता पक्राउ

एगरगन एक थान, बमजस्तो देखिने वस्तु पाँच थान, चन्दा उठाउने रसिद प्याड एक थान, पार्टी सदस्यता तीन ठेली, गुलेली एक थान, मोबाइल दुईवटा, टर्च लाइट (विदेशी) एक थान, पावर बैंक एक थान र नगद सात सय ३० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाइ छ।

पुटिनद्वारा नयाँ हतियार वार्ताको प्रस्ताव

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न हुन सक्ने ‘अस्तव्यस्तता’लाई मध्यनजर गर्दै सोमबार अमेरिकासँग नयाँ वार्ताका लागि आग्रह गरेका छन् ।

कलंकी घटनाले लियो नयाँ मोड, बरामद हतियारबाट गोली नचलेको रिपोर्ट

विष्णुप्रसाद शर्माको कलंकीस्थित घरमा गोली चलेको घटनामा बरामद भएका दुवै हतियारबाट गोली नचलेको रिपोर्ट बाहिर आएको छ ।

कलंकी गोलीकाण्डः कारणबारे प्रहरी अन्योलमा

बरामद भएका दुइटै हतियार परीक्षणका लागि विधि विज्ञान प्रयोगशाल पठाइएको र परीक्षणपछि महानगरीय प्रहरी वृत्त कालिमाटीमा पठाइएको छ। तर परीक्षणको रिपोर्ट भने प्राप्त भइसके पनि ढकालकै घरबाट शर्माको घरमा गोली प्रहार भएको हो वा होइन भन्नेमा प्रहरीले केही बताएको छैन।

कलंकीमा पूर्वउपसचिवको छोरीलाई लक्षित गरी गोली प्रहार

गोली प्रहार भएको कोठामा उनकी छोरी पढिरहेकी थिइन्। घटनाको बारेमा महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।

२० वर्षपछि हत्यारा पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीले एक जना हत्याका आरोपीलाई २० वर्षपछि पक्राउ गरेको छ। अन्नपूर्ण गाउँपालिका–११ का ३१ वर्षीय मनप्रसाद गुरुङलाई धारिलो हतियार प्रहार गरी फरार रहेका ५६ वर्षीय कुमार गुरुङलाई पक्राउ गरिएको हो।

'विप्लवले हतियार नबिसाए वार्ता हुँदैन'

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग वार्ताका लागि उसले हतियार बिसाउनुपर्ने पूर्वसर्त अघि सारेको छ। विभिन्न सम्पर्क सूत्रमार्फत विप्लव समूहसँग वार्ता प्रयास जारी रहेको धारणा सरकारी टोलीका संयोजक सोमप्रसाद पाण्डेले सार्वजनिक गरिरहेका बेला सरकारकै प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हतियार नबिसाएसम्म वार्ता असम्भव भएको बताएका हुन्।

अमेरिकी कम्पनीसँग सम्बन्ध तोड्ने चिनियाँ घोषणा

चीन सरकार र चिनियाँ कम्पनीहरुले ताइवानलाई हतियार बेच्दै आएका अमेरिकी कम्पनीसँगको व्यापार सम्बन्ध तोड्ने भएका छन्। वासिङ्टनसँगको सम्बन्ध खराब भइरहेकै बेला आएको चीनको यस्तो प्रतिबन्धबारे भने विस्तृत विवरण भने दिइएको छैन।

हतियारसहित गोंगबुबाट तीन जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले गोंगबु मित्रनगरमा अवस्थित नेपाल तारा गेस्ट हाउसबाट इटालियन पेस्तोल र पाँच राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको गरेको छ।

इरान–अमेरिका युद्ध सम्भावना

आणविक हतियार निर्माण गरिरहेको आरोप लगाउँदै अमेरिकाले इरानलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको जस्तो देखिए तापनि भित्री कारण भिन्न छ। मध्यपूर्वमा रसिया र इरानको प्रभाव बढ्दै गइरहेको, आफ्ना निकट सहयोगी राष्ट्र साउदी अरब, बहराइन, युएई र इजरायललगायत देशले खतरा महसुस गरिरहेको, सिरिया र टर्की आफूअनुकूल नहुनुलगायत धेरै कारणले अमेरिकालाई इरानविरुद्ध सधैँ दबाब सिर्जना गरिरहनुपर्ने अवस्था छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्