८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अझै केही दिन झरी नरोकिने, आज पनि धेरै क्षेत्रमा वर्षा र बाढीको सम्भावना

आज दिउँसो धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, २, कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना, सतर्कता अपनाउन सुझाव

आज राति देशका केही ठाउँमा निकै ठूलो वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको र प्रदेशहरू १, २, बागमती, गण्डकी र ५ का थोरै स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षा तथा यिनै प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखा भन्छः आज यी नदीमा बाढी आउने सम्भावना छ

बाढी पूर्वानुमान महाशाखाले पनि शनिबार सूचना जारी गर्दै आगामी तीन दिन देशका प्रमुख तथा मझौला नदीमा बहाब सामान्य बढ्दो क्रममा हुने जानकारी दिएको छ।

केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालमा मनसुन भित्रिएसँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना

सोमबार देशको अधिकांश भू–भागमा अपराह्नपछि बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ। अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम भोलि पश्चिमी भूभागबाट विस्तारै सुधार हुँदै जाने बताइएको छ।

चक्रवात ‘निसर्ग’ को प्रभाव: देशभर बदलीसँगै वर्षाको सम्भावना

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ। निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ।

फेरि चक्रवातः नेपालमा पर्नेछ प्रभाव

नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ।

पश्चिम तराईमा सुख्खा हावा चल्दा अत्याधिक गर्मी

तापक्रमको पारो उकालो लागेसँगै पश्चिम तराईमा अत्याधिक गर्मी बढेको छ । आईतबार देखि दिन प्रतिदिन बढ्दो गर्मीका कारण पश्चिम तराईको जनजिवन प्रभावित बनेको छ । यसको प्रत्यक्ष प्रभाव सर्बसाधरणमा परेको छ । लकडाउनका कारण दिउँसोमा पसल खुल्ने हुनाले सर्वसाधारणले अत्याधिक गर्मी महसुस गरेका छन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान: मेघगर्जनसहित वर्षाको सम्भावना

भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चक्रवात अंपुनको प्रभाव: तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना

चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बदली हुँदा देशभर वर्षा, तीन दिन यस्तै हुने

मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा पानी परेको छ। पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

पश्चिमी र स्थानीय वायु सक्रिय, मौसम पूर्ण सुधार हुन अझै तीन/चार दिन लाग्ने

मौसमविद्ले मौसम पूर्ण रूपमा सफा हुन अझै तीन÷चार दिन लाग्ने अनुमान गरेका छन्।   मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्