११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कानुन निर्माणमा प्राथमिकता : मुख्यमन्त्री पोखरेल

भन्सार नाका केन्द्रित भैरहवा कृष्णनगर र नेपालगञ्ज केन्द्रित औद्योगिक करिडोर विकासमा जोड दिने, परासीदेखि बर्दियासम्मको समथर कृषि भूमिमा सिँचाइ सुविधा पुर्‍याएर कृषि उत्पादन बढाउने नीति मुख्यमन्त्री पोखरेलले सार्वजनिक गरेका छन्।

मुख्यमन्त्रीको मोर्चामा पनि विजयी

बिहीबार साँझ करिब ४ः४५ बजे इत्रामस्थित प्रदेश प्रमुखको कार्यालय परिसरमा बा७च ६६४९ नम्बरको कालो रङको ‘स्विफ्ट’ कार पस्यो । बहुप्रतीक्षित उक्त कारमा थिए– महेन्द्रबहादुर शाही, यामलाल कँडेल, प्रकाश ज्वाला र नरेश भण्डारी । यी तिनै व्यक्ति थिए, जसले मुख्यमन्त्रीको मिठो सपनासहित गत निर्वाचनमा संघीय संसदको यात्रा प्रदेशसभातिर मोडेका थिए ।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट नियुक्त, शनिबार सपथ

प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा त्रिलोचन भट्ट नियुक्त भएका छन्। एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा दावी पेश गरेका माओवादी केन्द्रका नेता भट्टलाई प्रदेश प्रमुख मोहनराज मल्लले विहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको दाबी कसैले पेश गरेको छैन : प्रदेश प्रमुख खनाल

६ नम्बर प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलको नेताले दाबी पेश नगरेको बताएका छन्।

त्रिलोचन भट्टद्वारा मुख्यमन्त्रीमा दाबी पेश

प्रदेश नम्बर ७ मा मुख्यमन्त्री नियुक्तका लागी त्रिलोचन भट्टले प्रदेश प्रमुख मोहनराज मल्ल समक्ष दावी पेश गरेका छन्। माओवादी केन्द्र र एमालेका ३७ जना प्रदेश शभा सदस्यको हस्ताक्षरसहितको पत्र भट्टले बुधवार प्रदेश प्रमुख समक्ष पेश गरेका हुन्।

प्रदेश ५ को मुख्यमन्त्रीमा पोखरेल नियुक्त

प्रदेश नम्बर ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका शंकर पोखरेल नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रको समर्थनमा आइतबार मुख्यमन्त्रको लागि एमालेले दाबी पेश गरेको थियो।

मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन्। प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङले बुधबार राईलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्।

नारायणगढ–मुग्लिन सडक निर्माण चाँडै सक्नोस्ः मुख्यमन्त्री

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय राजधानी काठमाडौं जोड्ने नारायणगढ–मुग्लीन सडकखण्डको निरीक्षण गरेका छन् । लामो समयदेखि भइरहेको सडक बिस्तारको काम अझै सकिएको छैन । सडक निरीक्षणपछि उनले छिटो काम सक्न सडक आयोजनाका प्रमुख तथा प्राविधिकलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री पौडेलद्वारा नारायणगढ–मुग्लीन सडकखण्ड निरीक्षण

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी काठमाडौं जोड्ने लाईफलाईनको रुपमा रहेको नारायणगढ–मुग्लीन सडक खण्डको निरीक्षण गरेका छन्। लामो समयदेखि सडक बिस्तारको निर्माण भईरहेपनि अझै नसकिएपछी सडकको निरीक्षण गरेर छिटो काम सक्न उनले मंगलबार सडक आयोजनाका प्रमुख तथा प्राबिधिकहरुलाई निर्देशन दिए।

एमालेद्वारा मुख्यमन्त्रीमा आलोपालो प्रस्ताव, माओवादीको आपत्ति

नेकपा एमालेले ६ नम्बर प्रदेशमा सरकारको नेतृत्व आलोपालो गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। पार्टीको स्पष्ट बहुमत हुँदाहुँदै पनि प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने अवस्था आएपछि एमालेले मुख्यमन्त्रीमा आलोपालोको प्रस्ताव गरेको हो।

मुख्यमन्त्रीको सपथ बुधबार

प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २ गते शपथग्रहण गर्ने भएका छन् । उनलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्।आइतबार गुरुङलाई एमालेले प्रदेशको संसदीय दलको नेता चयन गर्दै मुख्यमन्त्रीको लागि प्रस्ताव गरेको थियो।

मुख्यमन्त्रीको सपथ सर्यो

प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सपथग्रहण कार्यक्रम २ दिनको लागि सरेको छ । अब उनले फागनु ४ गते मात्र सपथग्रहण गर्ने भएका छन् । यसअघि उनले २ गते सपथग्रहण गर्ने कार्यक्रम थियो।

मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गर्न प्रदेश प्रमुखलाई पत्र

प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङलाई नियुक्ति गर्न तयारी सुरु भएको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गुरुङलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नको लागि प्रदेश प्रमुख बाबुराम कुँवरलाई पत्र पठाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्