काठमाडौँ – प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालका लालबाबु राउत नियुक्त भएका छन्।
राजपा नेपालको समर्थनमा राउतले मंगलबार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए। प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
फोरम नेपालको संसदीय दलका नेता समेत रहेका राउतले विहीबार सपथ ग्रहण गर्नेछन्।
प्रकाशित: २ फाल्गुन २०७४ ०६:२१ बुधबार