विराटनगर- प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त भएका छन्। प्रदेश १ का प्रमुख डा गोविन्द तुम्बाहाङले बुधबार राईलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्।
संविधानको धारा १६८ को उपधारा १ अनुसार राईलाई मुख्यमन्त्रीमा नियुक्त गरीएको हो। प्रदेश प्रमुखको कार्याललयमा बुधबार मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र तुम्बाहाङले राईलाई हस्तारण गरेका थिए। पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिए। मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम भने बिहीबार दिउँसो ३ बजे स्थानिय वीरेन्द्र सभा गृहको हलमा आयोजना गरिने छ । मुख्यमन्त्रीको नियुक्त गरिएको पत्र बुझेपछि पत्रकारहरूलाई प्रतिकृया दिंदै राईले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिए । उनले सानोमा तीन वा ठूलोमा पाँच जनाको मन्त्रीमण्डल विस्तार हुने बताए । बिहीबार विस्तार हुने मन्त्रीपरिषदमा माओवादीबाट समेत मन्त्रीहरु समावेश गर्ने तयारी गरिएको छ।
प्रकाशित: २ फाल्गुन २०७४ ११:३७ बुधबार