१० कार्तिक २०८१ शनिबार
image/svg+xml

प्रहरी प्रधान कार्यालयद्वारा ४५ एसपीको सरुवा, को कहाँ? (सूची)

प्रहरी प्रधान कार्यालय नक्सालले ४५ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ।

पटिहानीमा पर्यटक प्रहरी

भरतपुर महानगरपालिका–२२ पटिहानीमा पर्यटक प्रहरी कार्यालय स्थापना गरिएको छ। प्रहरी सहायक निरीक्षकको कमान्डमा सात प्रहरीको दरबन्दी रहने गरी शनिबार सो कार्यालयको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन्। ‘नेपाल भ्रमण वर्ष–२०२०’ का लागि नेपाल सरकारले छनोट गरेका एक सय नयाँ पर्यटकीय गन्तव्यमा पटिहानी पनि परेको छ।

‘राम्रो प्रहरी देखाउन कप्स’

स्वदेश तथा विदेशमा निर्माण हुने फिल्ममा प्रायः प्रहरीलाई खराब चरित्र अर्थात् ‘भिलेन’का रूपमा प्रस्तुत गरिन्छ। केही अपवादबाहेक अधिकांश फिल्ममा प्रहरीको उपस्थिति खलपात्रको सहयोगीका रूपमा देखाइन्छ।

पशुपति दर्शन गर्ने निहुँमा हतियारसहित छिरेका भारतीय प्रहरीको टोली पक्राउ

अनुमतिविना हातहतियारसहित पोशाकमै नेपाल आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएर फिर्ता पठाएको छ। पशुपति मन्दिर दर्शन गर्ने निहुँमा मकवानपुरको हेटौंडा आइपुगेका भारतीय प्रहरीलाई प्रहरीले नियन्त्रणमा लिएर भारतको रक्सौल फिर्ता पठाएको हो।

आठ वर्षमा ३ लाख कारवाहीमा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६८ सालदेखि मादक पदार्थ सेवन (मापसे) गर्ने चालकविरुद्ध कारवाहीको अभियान थाल्यो। २०६८ सालदेखि महाशाखाले हालसम्म ३४ ट्राफिक नियम लागू ग-यो। तर, लागू गरेकामध्ये सबैभन्दा प्रभावकारी भने मापसे जाँच नै देखिन्छ।

मिक्लाजुङ हत्याकाण्ड : सूक्ष्म अनुसन्धानमा जुट्यो प्रहरी

मिक्लाजुङको आरुबोटेमा सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको घटनाको सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ। प्रहरीले घटनाबारे सोधपुछ, प्राप्त विवरणको विश्लेषण, प्राविधिक पक्षहरुको अध्ययन गरिरहेको छ। अनुसन्धानका लागि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो, १ नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको छ। सुराकी लिन घटनास्थल र आसपासमा प्रहरी परिचालन गरिएको छन्। अनुसन्धानमा खटिएका प्रहरी कहिले घटनास्थल पुग्छन् त कहिले रवि बजारमा रहेको इलाका प्रहरी कार्यालयमा आएर घटनास्थलमा प्राप्त सामग्री, कल डिटेल्सलगायका विषयमा अध्ययन गर्छन्।

एपिएफका खेलाडीलाई नगद

कार्यक्रममा क्लबले स्वर्ण पदक विजेतालाई जनही १० हजार, रजत पदक विजेतालाई जनही ७ हजार र कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरेको हो।

सशस्त्रमा समूहगत प्रणाली खारेजीको प्रस्ताव

सशस्त्र प्रहरी बलमा प्रवक्ता सुरजकुमार श्रेष्ठले लेखा उपसमूहतर्फ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई निरन्तर आर्थिक तथा लेखा मात्र जिम्मेवारी दिनुपर्ने बाध्यात्मक स्थितिका कारण एउटै व्यक्तिले लामो समयसम्म लेखामा काम गर्दा भ्रष्टचारलाई बढवा सम्भावना बढेका कारण खारेजीको प्रस्ताव राखेको बताए।

विप्लवका कार्यकर्ता र प्रहरीबीच भोजपुरमा गोली हानाहान

भोजपुरमा विप्लव नेकपाका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ। भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुम क्षेत्रको धोद्रे भन्ने ठाउँमा भिडन्त भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंसिले बताए।

पाँचथर हत्या प्रकरण : तालिमप्राप्त कुकुरसहित ५० प्रहरी परिचालन, नाकामा कडा निगरानी

पाँचथरको मिक्लाजुङ ३, आरुबोटेमा भएको ९ जनाको विभत्स हत्याको छानबिन गर्न ५० जना प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी), संघिय प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयइलाम र पाँचथरबाट ५० जना प्रहरी घटनास्थलमा पुगेको नेपाली प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलले बताए।

गुप्तचर अधिकृतलाई पहिलोपटक प्रहरी तालिम

दुवै तहका अधिकृतलाई प्रहरीले हतियार सञ्चालनदेखि रणनीतिक र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरेको छ।

प्रहरी ऐनमा चलखेल

महानिरीक्षक बनेका प्रहरी अधिकारीले आफ्नो पदावधि लम्ब्याउन ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन चलखेल गरेको आरोप लाग्दै आएको थियो। अतिरिक्त महानिरीक्षकसम्मका अधिकारीहरुले भने ३० वर्षे सेवा अवधि कायमै राख्न लबिङ गर्दै आएका थिए।

दुई सातामा १४ थान हतियार बरामद

सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीलाई प्रतिवन्ध लगाएसँगै सुर्खेत प्रहरीले अबैद्य हतियार संकलन अभियानलाई तिब्रता दिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक सूचनामार्फत हतियार बुझाउन दिएको एक महिने समय सकिएलगत्तै प्रहरीले गाउँगाउँबाट अबैद्य हतियार संकलन गर्न थालेको हो।

बाघको छालासहित ३ जना पक्राउ

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बाघको छाला सहित ३ जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्