२६ आश्विन २०८१ शनिबार
image/svg+xml

फुटबल मैदानमा प्यारापिट जडान सुरु

पोखरा रंगशाला फुटबल मैदानको दायाँबायाँ प्यारापिट जडान (ग्रान्ड स्ट्यान्ड इन्स्टलेसन) सुरु गरिएको छ। आइतबार र सोमबार गरी १५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम सुरु भएको हो।

सञ्जिवनी नकआउट फुटबलको तयारी पुरा

स्थानीय स्तरमा रहेका युवा खेलाडीहरुको प्रतिभा बाहिर ल्याउने उदेश्यले रुपन्देहीको तिलोत्तमामा सञ्जिवनी नकआउट फुटवल प्रतिगोतीता हुने भएको छ।

रिभेराको जित

रिभेराले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार जित हात पारेको छ।

मल्पी र लिटिल एन्जल्सबीच फाइनल भिडन्त

मल्पी र लिटिल एन्जल्स (एलए) २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार ब्वाइज फुटबलतर्फ फाइनलमा प्रवेश गरेका छन्।

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

मल्पी सेमिफाइनलमा

मल्पी २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत ब्वाइज फुटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ।

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

पूर्वाधार अन्तिम चरणमा : मन्त्री विक

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले पूर्वाधार निर्माण अन्तिम चरणमा रहेकाले साग हुँदैन भनेर टीकाटिप्पणी गर्न नहुने जिकिर गरेका छन्। पोखरा रंगशालाभित्र निर्माणाधीन पूर्वाधार निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुई साताभित्र तयार भइसक्ने दाबी गरे। ‘निर्माण कम्पनीले दुई साताभित्रमा मैदान तयार हुने प्रतिबद्धता व्यक्त गरेको छ, ’ उनले भने, ‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ। ढुक्क हुनुहोस्।’ भौतिक पूवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाइ थियो।

फुटबल टोली भुटानतर्फ

कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत कुवेतसँग मंगलबार हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शनिबार भुटान प्रस्थान गरेको छ। शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गर्दै नेपालले खेल्ने होम खेलका लागि नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो। टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरे।

विश्वकप खेल्ने चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ। उनीहरूले अनुशासनहीन काम गरेकोले राष्ट्रिय टिमबाट बर्खास्त गरिएको एन्फाले जनाएको छ।

मंसिर २० देखि बिटिएफसी फुटबल

म्याङलुङमा चासोक तङ्नाम तथा उधौली पर्वको अवसरमा जिल्लाको हालसम्मकै सर्वाधिक राशिको दोस्रो बिटिएफसी आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको छ।

अल्टिच्युड फुटबल मैदानसहितको डिपिआर तयार

कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। महानगरपालिका २० मौजास्थित १७ सय मिटर उचाइमा फुटबल मैदानसहित खेलकुदका अन्य पूर्वाधार तयार पार्न डिपिआर तयार गरेको हो। ५ वर्षभित्र पूरा गर्ने दीर्घकालीन योजनासहित खेलकुद पूर्वाधार बनाउने लक्ष्य राखिएको छ। योजनाका लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रथम नेपाल हिल्फे कप उपाधिः ईर्खु र पीपलडाँडालाई

ईर्खु स्पोट्र्स क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिवल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

सागका लागि पुरुष टोली घोषणा

अखिल नेपाल फुटबल संघ(एन्फा)ले नेपालमा मंसिर दोस्रो साताबाट आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद सागका लागि नेपाली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्