२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

रिभेराको जित

काठमाडौं – रिभेराले चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको ब्वाइजतर्फ सोमबार जित हात पारेको छ।

रिभेराले काठमाडौं जेभियरलाई ४–० गोलले पराजित ग¥यो। रिभेराका तेन्जिङ शेर्पाले २ तथा सुमन राई र ब्रिटेन तामाङले १–१ गोल गरे।

पिस प्वाइन्ट स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमै अंकुर, अकाश गंगा र सप्तगण्डकी पनि विजयी भए। अंकुरले विज किड्सलाई ४–३ गोलले हरायो। अंकुरका सेहन्शा सैखले २ तथा राज विक र उज्ज्वल खतिवडाले १÷१ गोल गरे। विज किड्सका दीपेश मगर, मिलन तामाङ र छिरिङ तामाङले १÷१ गोल गरे।

आकाश गंगाले एडभान्सलाई ३–० गोलले पाखा लगायो। विजेताका रुबेन लामा, सुजन तामाङ र आयुश ढकालले गोल गरे। सप्त गण्डकीले एआईएलाई २–० गोलले पन्छायो। विजयी टिमका लागि पेमबहादुर तामाङ र चन्द्रबहादुर तामाङले गोल गरे।

प्रकाशित: ३ मंसिर २०७६ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App