२७ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

विश्वकप खेल्ने चार खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ। उनीहरूले अनुशासनहीन काम गरेकोले राष्ट्रिय टिमबाट बर्खास्त गरिएको एन्फाले जनाएको छ।

बर्खास्तीमा पर्ने स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट,अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीरहेका छन्। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही स्वरुप टिमबाट हटाइएको एन्फाले जनाएको छ।

शनिबार ३ बजे भुटान प्रस्थान गरेकाे नेपाली टिमको उनीहरुलाई सहभागी गराइएको छैन। कारबाहीमा परेपछि ती चार खेलाडीको भुटान यात्रा रोकिएको हो। उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाएको बताइएको छ।

प्रकाशित: ३० कार्तिक २०७६ १४:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App