२७ आश्विन २०८१ आइतबार
image/svg+xml

सागका लागि महिला टोली घोषणा

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा प्रतिनिधित्व गर्ने महिला फुटबल टोलीको घोषणा गरिएको छ। आगामी मंसिर १५ नेपालमा आयोजन हुने सागका लागि शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार निरु थापाको कप्तानमा खेलाडी छनोट गरेको हो। नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको नामावली सार्वजनिक गरेका हुन्।

रंगशालाको पुनर्निर्माण नसकिँदा नेपाल र कुवेतबीचको खेल स्थगित, भुटानमा गर्न प्रस्ताव

कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो।

अस्ट्रेलियामा महिला फुटबल खेलाडीलाई पुरुष सरह पारिश्रमिक

अस्ट्रेलियाको महिला राष्ट्रिय फुटबल टिमका खेलाडीले पुरुष राष्ट्रिय टिमका खेलाडी सरह पारिश्रमिक प्राप्त गर्ने बुधबार सम्झौता भएको छ । खेलकुदका क्षेत्रमा लैंगिक समानता कायम गर्न यो ऐतिहासिक निर्णय भएको भन्दै चौतर्फी स्वागत गरिएको छ ।

सयपत्री गोल्डकप शुरुः आयोजकको विजयी शुरुवात

बुटवलमा मंगलबारदेखि शुरु भएको स्व. ज्ञानबहादुर गुरुङको स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आयोजकले विजयी शुरुवात गरेको छ।

यु–१९ फुटबल टोली इरानतर्फ

एएफसी यु–१९ च्याम्पियनसिप छनोट खेल खेल्ने २३ सदस्यीय नेपाली युवा टोली सोमबार इरान प्रस्थान गरेको छ। इरानमा हुने समूह चरणको छनोटमा प्रतिस्पर्धा गर्न जाने २३ सदस्यीय नेपाली टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रमको आयोजना गरी बिदाइ गरेको हो।

१४ ‘ए’ डिभिजन क्लबको लाइसेन्स अस्विकृत

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी क्लब लाइसेन्सका लागि १४ ‘ए’ डिभिजन क्लबले गरेको प्रस्ताव अस्विकृत गरेको छ।

नेपाली फुटबल टोली म्यानमार प्रस्थान

म्यानमारसँग बिहीबारलाई तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आइतबार प्रस्थान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार एक कार्यक्रमको आयोजना गरी मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीलाई एन्फा परिसरमा बिदाइ गरेको हो। एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले शुभकामनासहित नेपाली टोलीलाई बिदाई गरेका थिए। एन्फा अध्यक्ष शेर्पाले लामो समयको प्रतिक्षापछि नेपालले मंसिर ३ गते घरेलु मैदानमा घरेलु समर्थकमाझ कुवेतसँग खेल्ने बताए।

नागर्जुन नगरपालिका–५ ‘ए’ विजय

नागर्जुन नगरपालिका वडा–५ को ‘ए’ टोलीले प्रथम मेयर कप फुटबल प्रतियोगितामा शनिबार विजयी सुरुआत गरेको छ । युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा–५ ‘ए’ ले वडा–४ लाई टाइब्रेकरमा ५–३ गोलले पराजित गर्‍यो ।

नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

म्यानमारसँग कात्तिक २१ गतेलाई तय भएको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक योहान कालिनले भरत खवाससहित दुई नयाँ अनुहारलाई स्थान दिँदै शनिबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्।

इलाम अन्तरवडा फुटबलमा वडा ९ र ६ विजयी

इलाम सदरमुकामको ठूलो टुँडिखेलमा दोस्रो इलाम अन्तरवडा फुटबल प्रतियोगिता सुरु भएको छ। शनिबार सुरु प्रतियोगिताको पहिलो दिनका खेलमा २ टिम विजयी भएका छन्।

साउथह्याम्पटनमाथि लेस्टरको कीर्तिमानी जित

लेस्टरले प्रिमियर लिग फुटबलमा ठूलो गोलअन्तरले पराजित गर्दै २४ वर्ष पुरानो कीर्तिमानसँग बराबरी गरेको हो। भ्रमणकारी लेस्टर सिटीले साउथह्याम्पटनको पोस्टमा गोलको वर्षा गरेको हो। १० खेलाडीमा समेटिएको साउथह्याम्पटनलाई फराकिलो अन्तरले पराजित गरेको लेस्टरले सन् १९८५ मा म्यानचेस्टर युनाइटेडले इपस्विचविरुद्ध निकालेको ९–० को जितको कीर्तिमानलाई बराबरी गरेको हो।

विकास रनिङ शिल्ड पुलिसलाई

विभागीय टोली नेपाल पुलिस क्लबले टुबोर्ग जेसिज विकास रनिङ शिल्ड २०७६ राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल प्रतिस्पर्धामा घरेलु टोली चितवन–११ लाई टाइब्रेकरमा पराजित गर्दै पुलिसले उपाधि जितेको हो। निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन। नेपाल पुलिस क्लबले दबाबमा राखेको खेलमा पाएका अवसर क्लबले सदुपयोग गर्न सकेन।

खेलकुदमय चाडपर्व

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा होलेसुङ–जनकराज राई मार्ग गोल्डकप जारी छ। दशैं र तिहारको अवसरमा साकेला फुटबल क्लबले आयोजना गरेको गोल्डकपले विभिन्न जिल्लाका २२ टोलीको खेलाडीलाई उतारेको थियो। दशैंतिहार मनाउनेक्रममा गाउँघरमा भित्रिएका स्थानीयलाई समेत बोहेम्मास्थित कृष्णराम–मोतिप्रसाद राई खेलमैदानको वरपर दर्शकका रूपमा जमघट गराइरहेको छ।

नेपालले म्यान्मासँग खेल्ने

नेपाली २३ वर्षमुनि (यु–२३) राष्ट्रिय फुटबल टोलीले आज म्यान्मासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्