८ वैशाख २०८१ शनिबार
खेल

रंगशालाको पुनर्निर्माण नसकिँदा नेपाल र कुवेतबीचको खेल स्थगित, भुटानमा गर्न प्रस्ताव

काठमाडौं– कतारमा हुने विश्वकप फुटबल २०२२ का लागि दोस्रो चरणको छनौटअन्तर्गत नेपाल र कुवेतबीच काठमाडौंमा हुने भनिएको खेल स्थगित गरिएको छ। एएफसीको निर्देशनमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंसिर ३ गते काठमाडौंस्थित दशरथ रंगशालामा तय गरिएको खेल बिहीबार स्थगित गरेको हो। 

नेपाल र कुवेतबीच काठमाडौंस्थित दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघले फिफा र एएफसीसँग प्रस्ताव गरेको थियो। प्रस्तावपश्चात रंगशाला अवलोकनका लागि आएका एएफसी प्रतिनिधिले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला तयार नभएको निष्कर्ष निकालेपछि खेल स्थगित गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका छन्। 

उनका अनुसार एन्फाले सो खेल भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्न फिफा र एएफसीसँग प्रस्ताव गरिएको छ। एन्फाले भूकम्पबाट क्षतिग्रस्त एकमात्र अन्तर्राष्ट्रिय रंगशाला समयमै पुनर्निर्माण नहुँदा प्रतिष्ठित खेल गुमाउनुपरेको भन्दै क्षमायाचना समेत गरेको छ। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App