३ मंसिर २०८१ सोमबार
image/svg+xml

चीनलाई कसले भरपेट खुवाउने ?

चीन आज संसारकै सबभन्दा ठूलो कृषि अर्थतन्त्र भएको देश हो। सन् २०१८ मा चीनले ६५ करोड ७९ लाख मेट्रिक टन अन्न उत्पादन गर्‍यो। यो संसारको कुल अन्न उत्पादनको २२ प्रतिशत हुन आउँछ। चीनले विश्वको औसत अन्न उत्पादनभन्दा १.२ गुणा बढी अन्न उत्पादन गर्नु उल्लेखनीय कुरा हो।

कृषिमा पनि ‘स्मार्ट’ प्रविधि

अरुण काफ्ले आफ्नो कार्यकक्षमा इन्टरनेट चलाउँछन्। उनले इन्टरनेटमा सामाजिक सञ्जाल होइन, मोबाइलबाटै नर्सरीको रेखदेख गर्छन्।

किसानलाई कृषि उपकरण

कृषिमा आधुनिकता भित्र्याउनुपर्छ, लागतभन्दा उत्पादन बढाउनुपर्छ भन्ने आवाज उठिरहेका बेला शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले शिवपुरी गाउपालिकाका वडा नम्बर १ र २ का किसानलाई लक्षित गरी कृषि उपकरण वितरण गरिएको छ।

कृषिमा आस जागेन

किसानले अनुदान र उखुको मूल्य नपाएर आत्मदाहको चेतावनी दिएका छन्। थुप्रै ठाउँका किसानले तरकारी नबिकेर बारी मै नष्ट गरेका छन्। टमाटर फ्यांकेका छन्। दूध सडकमा पोखेका छन्। कुखुरा किसान अण्डाको मूल्य नपाएर आन्दोलित छन्।

खेतीयोग्य जमिन २५ प्रतिशत बाँझो

सरकारले कृषियोग्य जमिन बाँझो राख्ने किसानलाई तीन लाख रुपैयाँ जरिबाना गर्ने तयारी गरेको छ। मुलुकभर खेतीयोग्य जमिनको करिब २५ प्रतिशत जमिन बाँझो रहेको सरकारी तथ्यांक छ। कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार ४१ लाख २१ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये १० लाख ३० हेक्टर क्षेत्रफल बाँझो छ।

राजनीतिक स्थायित्वले कर्जा माग वृद्धि

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पछिल्ला केही वर्षदेखि बैंकहरुले पुँजी वृद्धि गरेका कारण लगानीमा उचित प्रतिफल उपलब्ध गराउन बाध्यता भएको छ। त्यसैले प्रायःजसो बैंक तथा वित्तीय संस्थाहरुमा आर्थिक वर्षको सुरुदेखि नै कर्जा प्रवाहमा अत्याधिक मात्रामा वृद्धि हुँदै गएको छ। कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन भने न्यून रहेका कारण केही वित्तीय संस्थामा विगतका वर्षहरुबाट नै कर्जायोग्य तरलतामा कमी हुन गएको छ। फलस्वरुप निक्षेप तथा कर्जा दुवैको ब्याजदरमा प्रत्यक्ष प्रभाव पर्न गयो।

दूधको गुणस्तर कायम राख्ने प्रतिबद्ध

अघिल्लो वर्ष दूध तथा दुग्धजन्य पदार्थको धेरै खपत हुने सिजनमा दूधको गुणस्तरबारे धेरै कुराहरु सतहमा आए। यसबाट उपभोक्ताहरु दूध र दुग्धजन्य उत्पादनहरुको सेवनमा हच्किए। अवस्था गम्भीर देखेपछि नीति बनाउने कृषि मन्त्री स्वयं नै आक्रामक शैलीमा डेरी उद्योग अनुगमनमा निस्किए।

जमीन बाँझो राखे, कानूनको कठघरामा

खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ। खेतीयोग्य भूमिको दुई तिहाई जमीन बाँझो राखेको प्रमाण पुगेमा त्यस्तो व्यक्ति जरिवानाको भागीदार हुनेछ।

पौने पाँच अर्बको कृषि तथा वनजन्य सामग्री आयात

चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै चार अर्ब ७८ करोड ७६ लाख ६ हजार मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री आएको छ।

तालिमले किसानमा उत्साह

लिखु गाउँपालिका–६ का अर्जुन लामिछानेले लगानी अनुसारको आलु उत्पादन होस् भनेर रासायनिक मल र किटनासक औषधि प्रयोग गर्ने गरेका थिए। त्यसमा पनि मात्रा नमिलाई। तरप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ आलु जोनद्वारा सञ्चालन गरिएको तालिममा सहभागी भएपछि आलुमा लागेको रोगको पहिचान गरेर मात्र औषधि प्रयोग गर्नुपर्ने रहेछ भन्ने विषयमा जानकारी लिएका छन्।

कृषि सामग्रीमा विषादीको मात्रा घटेको सरकारी दाबी

सरकारले नेपाली किसानबाट उत्पादित तथा विदेशबाट आयात गरिएको फलफूल तथा कृषिजन्य सामग्रीमा विषादीको मात्रा निकै कम हुँदै गएको र खानयोग्य रहेको जनाएको छ। प्रतिनिधिसभा बैठकमा बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले अघिल्ला वर्षका तुलनामा यस वर्ष धेरैजसो फलफूल तथा तरकारी खान योग्य रहेको तथ्यांक पेस गरे।

विषादी पूर्ण निषेध गर्न सकिँदैनः मन्त्री खनाल

कृषि मन्त्री बलदेव खनालले बजारमा रहेका कृषि उत्पादन खान नहुने अवस्थामा नरहेको बताएका छन्। सरकारले थालेको विषादी नियन्त्रण अभियानका कारण यस्तो अवस्था आएको उनले दावी गरे। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले विषादी पूर्ण रुपले नियन्त्रण गर्न सक्ने अवस्था छैन्। यसको प्रयोगलाई घटाउँदै लैजानुपर्छ। हामी अहिले त्यहीँ अभियानमा लागेका छौं।’

देवदहमा स्मार्ट कृषि गाउँ

रुपन्देहीको देवदह नगरपालिका वडा नं. ९ स्थित बुद्धनगरमा देशकै पहिलो स्मार्ट कृषि गाउँ बन्ने भएको छ। कृषिमा आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन प्रदेश सरकारले ल्याएको स्मार्ट कृषि गाउँ कार्यक्रम देवदहबाट सुरु भएको हो।

बुटवल कृषि मेलामा १ सय २६ स्टल

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सोमबारदेखि बुटवलमा कृषि मेला सुरु भएको छ। मेलाको नारा बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने रहेको छ।

कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११औं वार्षिक साधारण सभाका अवसरमा बिहीबार मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्