१ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रमाणपत्र सडकमा देखाउँदै हिडिदैन : प्रधानन्यायाधीश पराजुली

प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आफू योग्य र सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको बताएका छन्। शुक्रवार पूर्वी रुकुमको जिल्ला अदालत उद्घाटन गर्दै पराजुलीले आफ्ना सबै प्रमाण पत्रहरु संसदीय सुनुवाई समितिमा पेश गरिसकेकाले अन्य कुनै ठाउँ या व्यक्तिलाई देखाउन आवश्यक नभएको बताए।

‘फोरलेन’ सडक निर्माणमा स्थानीयको अवरोध

वीरेन्द्रनगरको संचयकोषदेखि मुलपानी चोकसम्मको तीन किलोमिटर फोरलेन सडक निर्माणको जिम्मा पाएको स्वच्छन्द/श्याम एण्ड शंकर जेभीले अहिलेसम्म सबै ठाउँमा नाला निर्माण सम्पन्न गरिसक्नुपर्ने हो। आउने असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरेर ठेक्का पाएको यो कम्पनीले फागुनदेखि कालोपत्रे गर्ने तयारी गरेको छ।

सडक मर्मतको अर्बाैं पैसा अन्यत्र

सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बाैं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा भएको छ । यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मत सम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

ढिम्नीया–रुढु सडक सञ्चालनमा, पहिलोपटक गाडी आएपछि चिलखायाबासी हर्षित

सुन्दर प्राकृतिक भुमीले सजिएको चिलाखायामा मंगलबार सरर गाडि गुड्यो। पुस्तौं देखिको सुन्दर भुमिमा गाडी देख्ने सपना स्थानीयको साकार भयो। अटल पहाड, रमाइला पाटन र सुन्दर सल्लेरीले मनमोहक देखिने चिलखायामा जिप गुड्दा सबैको मुखमा खुसी छाएको थियो।

सडकमै पोखे किसानले दूध

दुग्ध विकास संस्थानले दूध खरिद नगरेको भन्दै लम्कीका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन् । लम्की चौराहामा ५० लिटर दूध पोखेर किसानले सांकेतिक विरोध जनाएका हुन् । लम्कीस्थित संस्थानको चिस्यान केन्द्रले पुस १६ गतेदेखि दूध खरिद गर्न रोकेको छ । कात्तिकदेखि नै चिस्यान केन्द्रले दूध खरिदमा आनाकानी गर्दै आएको किसान इन्द्र देवकोटाले बताए । उनले संस्थानले दूध खरिद नगरेपछि आफूहरु निकै मर्कामा परेको गुनासो गरे ।

दुर्घटना न्यूनिकरणका लागि सडकमै प्रशिक्षण

सवारी दुर्घटना न्यूनिकरण गर्नका लागि जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय गुल्मीले सडकमै सवारी चालकलाई प्रशिक्षण दिन सुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय गुल्मीले आइतबार दिउँसो सदरमुकाम तम्घासमा सवारी चालक, सवारी धनी र आम सर्वसाधरणलाई सचेतना अभियान सुरु गरेको हो।

भरतपुरका उडान ठप्प, सडक मार्गबाट काडमाडौं फर्किए दाहाल

मौसम चिसो हुँदै बाक्लो कुहिरो लागेका कारण भरतपुर विमान स्थलमा जाहाजहरु आउन जान सकेका छैनन् । हिजो शनिबार कुनै पनि उडान हुन सकेनन् । आज आइतबार बिहान पनि उडानहरु हुन नसकेको भरतपुर विमानस्थल कार्यालयले जनाएको छ ।

देउवाले राजीनामा नदिए सडकबाटै हटाउछौंः लालबाबु पण्डित

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद लालबाबु पण्डितले अहिलेसम्म पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीसमेत तोक्न नसक्नेले राजीनामा दिनुपर्नेमा जोड दिए। राष्ट्रियसभाको निर्वाचनसम्म कुर्ने र त्यसपछि पनि सरकारले राजीनामा गरेर बाटो खुल्ला नगरेको खण्डमा सडकबाटै हटाउने सांसद पण्डितको भनाइ थियो।

दिनभरी बल्लछन् सडक बत्ती

तराई–मधेसका नगरपालिकाले रातिमा उज्यालाको लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौंडा क्षेत्रीय कार्यालय अन्तर्गतका भरतपुर तथा वीरगन्ज महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, गौर, कलैया लगायत नगरपालिले विद्युत्को पोलमा झुण्ड्याएर सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् ।

प्रदेश राजधानी वीरगञ्ज माग गर्दै नेताहरू सडकमा

प्रदेश नं २ को राजधानी माग गर्दै विहीबार वीरगन्जमा पर्सा र बाराका विभिन्न दलका नेता तथा नागरिक अगुवा लगायतले प्रदर्शन गरेका छन् । सामथ्र्य, आर्थिक तथा राजनीतिक लगानी, पूर्वाधार, सुगमता लगायत विभिन्न आधारहरूमा वीरगञ्ज सबैभन्दा उपयुक्त हुँदाहुँदै अन्यत्र लगेर प्रदेश दुईको राजधानी बनाउने प्रयास भइरहेको बताउँदै प्रदर्शन भएको हो।

हचुवाको भरमा सडक अनुगमन

जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडक अनुगमनमा लापरवाही भएको पाइएको छ । सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक–दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयले गुनासो गरेका छन् ।

महानगरको भित्री सडकमा चारपांग्रे सवारी साधनलाई रोक लगाइँदै

काठमाडौं महानगरपलिकाले शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाउने भएको छ। कामपाको वडाध्यक्षहरुको बुधबार बसेको बैठकले भित्री शहरमा सवारी साधनको आवतजावत हुँदा धार्मिक,ऐतिहासिक र पुरातात्विक सम्पदा घुम्न आउने पर्यटकलाई र पैदलयात्रुलाई समेत समस्या उत्पन्न भएकाले यस्तो निर्णय गरेको कामपा वडा नं २५ का अध्यक्ष नीलकाजी शाक्यले बताए।

आजदेखि नारायणगढ-मुग्लिन सडक छ घण्टा बन्द

निर्माणाधन नारायणगढ–मुग्लिन सडक आजदेखि रातमा छ घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार राति १० बजेदेखि बिहानपख चार बजेसम्म सो सडक खण्डमा कुनै पनि गाडी चल्ने छैनन् । यो समयमा पहाड काट्ने लगायतका गर्न मिल्ने कामहरु ठेकेदारहरुले गर्नुपर्ने हुन्छ ।

करोडौं लागतमा निर्माण भएको सडक अनुगमन फितलो

जिल्लाको रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकामा निर्माण भएको सडकको अनुगमनमा लापरवाही भएको छ। सडक अनुगमन गर्दा जिल्ला सदरमुकामबाट एक दुईजना मात्र आएर हचुवाको भरमा अनुगमन गरेको स्थानीयवासीले गुनासो गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्