२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भाज्या पोखरी रानीपोखरीभन्दा पाँच सय वर्ष पुरानो

भक्तपुर नगरपालिका वडा नं १ दुधपाटीस्थित भाज्या पाखेरी काठमाडौंको रानी पोखरीभन्दा करिव पाँच सय वर्ष पुरानो भएको अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छ। इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको नेतृत्वमा गठित अध्ययन टोलीले सात महिना लगाएर गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो।

‘सातामा एक पटक बजार अनुगमन गरिरहेका छौं’

गत आर्थिक वर्षमा १६ वटा वडास्तरीय योजना सम्पन्न गर्यौं। चालू आर्थिक वर्षमा पनि त्यही संख्यामा वडास्तरीय योजना बनाएका छौं। चालू आर्थिक वर्षका धेरै योजना सुरु भइसकेका छन्। केही सम्पन्न पनि भइसकेका छन्। वडाका धेरै पाटीपौवाको जीर्णाेद्धार मर्मतसुधार गर्यौं। समय–समयमा स्वास्थ्य शिविर नियमित रूपमा गरिरहेका छौं। विभिन्न रोगलाई लक्षित गरी शिविर सञ्चालन गरिरहेका छौं।

मुक्तिनाथ बैंकले शाखा थप्यो

मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेको बनेपामा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले ठिमी शाखा र बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले बनेपा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ।

शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा दिएको छ । भक्तपुरका चार वटा नगरपालिकामध्ये छात्रवृत्तिको व्यवस्था भएको पहिलो यो नगरपालिका देशभरमै छात्रवृत्तिको व्यवस्था गरेको सम्भवतः पहिलो नगरपालिका हो । नगरपालिकाले मेडिकल सेक्टरमा मास्टर (एमडी) को लागि यो वर्षदेखि छात्रवृतिको व्यवस्था गरेको छ ।

‘खानेपानी समस्या समाधानका लागि ठाउँठाउँमा डिप बोरिङ गरिरहेका छौं’

जनप्रतिनिधि भएर आएपछि वडा भवन निर्माण सुरु गर्यौं । अहिले लगभग तयार भइसकेको छ । त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पस अगाडि रहेको भाजु पोखरीको निर्माण गरिरहेका छौं । हाम्रो वडामा भक्तपुरको प्रख्यात पोखरी परेको हुनाले पोखरीको संरक्षणतर्फ लागेका छौं ।

जताततै पानी तर, स्थानीयलाई हैरानी

काठमाडौं उपत्यकामै पानीको खानी हो, भक्तपुरको झौखेल क्षेत्र। व्यावसायीले यहाँको पानी मिनिरल वाटर, जार र ट्यांकरमा राखेर भक्तपुर, काठमाडौं र ललितपुरका गाउँगाउँमा लगेर बेचिरहेका छन्। विडम्बना !

भोजमा हाकुपटासी

भोजभतेर तथा पार्टीमा जाँदा वेस्टर्न वा नयाँ डिजाइनका पहिरन लगाउनुपर्छ भन्ने आमबुझाइ छ। तर, भक्तपुरका नेवारी समुदायका महिला भने यस मामलामा फरक छन्।

भक्तपुर नगरपालिका वडा–१० मा यस्ता छन् समस्या

भक्तपुरको कमलविनायक क्षेत्र भक्तपुरकै दोस्रो प्रख्यात ठाउँ हो। सूर्यविनायकपछि कमलविनायकको नाम आउने गर्छ। यस्तो प्रख्यात ठाउँमा भने बाटोमा हिँड्ने बटुवाहरूको लागि फुटपाथ नभएको समस्या छ।

विवादित बालुवा खानी पुनः सञ्चालनमा ल्याइँदै कृष्ण किसी

भक्तपुरमा बन्द गरिएका बालुवा खानी पुनः खुल्ने भएका छन्। तत्कालिन जिल्ला विकास समिति र खानी तथा भूगर्भ विभागमा दर्ता भई बन्द भएका जिल्लाका खानी पुनः खुल्ने भएका हुन्।

ख्वप अस्पताल भवन शिलान्यास

भक्तपुर नगरपालिकाले सञ्चालन गर्न लागेको ख्वप अस्पताल भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरियो। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले अस्पताल भवनको शिलान्यास गरेका हुन्। नगरपालिकाले २५ शैश्याको अस्पताल भवन निर्माण थालेको हो।

भक्तपुर नगरपालिकाले अस्पताल साञ्चालन गर्ने

नेपालमा पहिलो पटक भक्तपुर नगरपालिकाले अस्पताल सञ्चालन गर्न लागेको छ। ख्वप अस्पताल नामकरण गरिएको अस्पतालको भवन शिलान्यास बिहीबार एक कार्यक्रमबीच हुँदैैछ।

इँटाभट्टा व्यवस्थित गर्न चाँगुनारायण नपाकाे निर्देशन

इँटाभट्टा व्यवस्थित रुपमा सञ्चालन गर्न भक्तपुर चाँगुनारायण नगरपालिकाले व्यवसायीहरुलाई निर्देशन दिएको छ। नगरपालिकाले आयोजना गरेको छलफलमा नगरपालिका प्रमुख सोम मिश्रले इँटाभट्टालाई धुवाधुलोरहित रुपमा सञ्चालन गर्न व्यवसायीलाई निर्देशन दिए।

झरीले हिलाम्य भक्तपुरका सडक

अरुबेला धुलाम्य हुने भक्तपुरका सडकहरु बिहीबार बिहानैदेखि भएको दिनभरको झरीले हिलाम्य भएका छन्। सबैतिरका सडक हिलाम्ये हुँदा सर्वसाधारण वटुवा हैरान भए।

साहित्यकार लिगल अभिनन्दित

नारी साहित्यकार गंगा लिगललाई भक्तपुरमा अभिनन्दन गरिएको छ। लिगलले कथा, कविता, खण्डकाव्य, मुक्तक, गीत, लघुकथा, उपन्यास आदि साहित्यका विविध विधाका दुई दर्जन भन्दा कृति प्रकाशनसँगै विदेशमासमेत साहित्यिक संस्था स्थापना गरेर नेपाली भाषा साहित्यको सेवा गरिरहेकी छिन्।

भक्तपुरमा बढ्यो सवारी जाम

काठमाडौंमा जस्तै पछिल्लो समय भक्तपुरमा पनि ज्यादै सवारी जाम हुन थालेको छ। विशेष गरेर भक्तपुर नगरपालिका क्षेत्र घेर्ने सडकको चौघेरामा बिहानदेखि बेलुकासम्मै सवारी जाम हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्