२३ आश्विन २०८१ बुधबार
image/svg+xml

भयावह बन्दै क्यान्सर

भक्तपुर क्यान्सर अस्पतालमा बिरामीको चाप बढेको छ। प्रत्येक वर्ष यहाँ विरामीको चाप निरन्तर बढ्दै आएको छ ।अस्पतालको तथ्यांकअनुसार गत पाँच वर्षमा अस्पतालमा बहिरंग सेवा (ओपिडी) मा उपचारका लागि आउने बिरामीको संख्या दोब्बर भएको छ। सन् २०१४ मा नौ हजार एक सय ९१ बिरामी ओपिडी सेवामा आएका थिए। यो तथ्यांक सन् २०१८ मा पुग्दा दोब्बर भएको छ। सन् २०१८ मा अस्पतालमा १८ हजार एक सय ५६ बिरामी ओपिडीमा आएका थिए।

पाँंचतले मन्दिरसँगैको भैरवनाथमा गजुर प्रतिष्ठापन

भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरसँगैको अग्लो प्रसिद्ध भैरवनाथ मन्दिरमा शनिबार गजुर प्रतिष्ठापन गरिएको छ। पाँचतले मन्दिरको दक्षिणपूर्वमा रहेको पाँचतले मन्दिर जतिकै ठूलो र अग्लो तीनतले मन्दिरको जिर्णोद्धारको क्रममा छानामा गजुर प्रतिष्ठापन गरिएको हो।

म्याद नाध्यो, काम सुरु भएन

भक्तपुरको सल्लाघारी चोकदेखि दुवाकोट पुग्ने सडक विस्तार योजना सकिनुपर्ने समय नाघिसक्दा पनि सुरु हुन सकेको छैन। भक्तपुरको सल्लाघारी सल्यानवस्ती चोकदेखि दुवाकोट पुग्ने सडक गएको पुसबाट सुरु गरी असारमै सक्निुपर्ने भए पनि सुरु हुन नपाएको हो।

ख्वपः अस्पताल निर्माण सुरु

भक्तपुर नगरपालिकाले अस्पताल निर्माणको काम थालेको छ। भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित च्याम्हासिंह जनस्वास्थ्य केन्द्र नजिकै जग खन्ने काम भइरहेको हो।

आठ महिना लामो नवदुर्गा नाच सुरु

आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच बुधबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो।

भक्तपुरमा पर्यटक तान्दै यातु महादेव

भक्तपुरको यातु महादेव मन्दिरमा पछिल्लो समय पर्यटक आवागमन बढेको छ। मन्दिर सफा र चिटिक्क बनेपछि यो क्षेत्रमा पर्यटक आकर्षण बढेको हो। यो ठाउँ उपत्यकाभन्दा धेरै टाढा छैन। भक्तपुरको कमलविनायक बसपार्कबाट एक किलोमिटर पूर्वमै यो ठाउँ छ।

खेतीयोग्य जमिनमा प्लटिङ

तरकारी उत्पादनका हिसावले भक्तपुरको प्रख्यात ठाउँ हो, मध्यपुर थिमिको मनोहरा क्षेत्र। गाँजर, लसुन, हरियो सागपात उत्पादन हुने क्षेत्रका रूपमा प्रख्यात छ। यहाँका किसान सधैंभरि तरकारीबारीमा व्यस्त रहन्छन्। तर, यही खेतीपाती गर्ने प्रख्यात ठाउँमा सरकारले जग्गा एकीकरण आयोजना संचालन गरिरहेको छ।

प्रस्तावित रंगशालाविरुद्ध भक्तपुरमा प्रदर्शन

भक्तपुरमा निर्माण गर्ने भनिएको प्रस्तावित अन्तर्राष्ट्रिय रंगशालाविरुद्ध भक्तपुरका पीडित किसानहरुले सोमबार फेरि विरोध प्रदर्शन गरेका छन्। पीडित किसानहरुको तर्फबाट गठित प्रस्तावित रंगशाला पीडित संघर्ष समिति सिपाडोल नंखेलका किसानहरुले भक्तपुरको नंखेलबाट विरोध र्‍याली गरी जिल्ला प्रशासन कार्यालयमा पुगेर घेराउ गरेका हुन्।

बाजागाजाले गुन्जियो भक्तपुर

भक्तपुर नगर शनिबार दिनभर बाजागाजामय बन्यो। सधैं जात्रापर्वमा मात्रै बाजामय हुने सानो भक्तपुर शनिबार भने जात्रापर्व नपरे पनि बाजागाजाले गुन्जायमान बनेको थियो। भक्तपुर नगरपालिकाले ‘नगरव्यापी धाँ बाजा प्रतियोगिता’ आयोजना गरेपछि नगर बाजामय भएको हो।

सल्लाघारीे एक सय आठ रोपनी जग्गा जोगाउन पर्खाल

विभिन्न समूहले आँखा गाडिरहेको भक्तपुर सल्लाघारीस्थित एक सय आठ रोपनी क्षेत्रफलको जग्गा पर्खाल घेरेर संरक्षण कार्यको थालनी गरिएको छ।

दुई प्रहरी पोस्ट हस्तान्तरण

भक्तपुरका दुई छुटाछुटै स्थानमा प्रहरी पोस्ट निर्माण गरी बिहीबार हस्तान्तरण गरिएको छ। अरनिको राजमार्गअन्तर्गत महानगरीय प्रहरी वृत्त जगातीमा निर्माण सम्पन्न जगाती प्रहरी चेकिङ पोस्ट र च्याम्हासिंहमा बनेको च्याम्हासिंह प्रहरी पोस्टको साँचो हस्तान्तरण गरिएको हो।

उभिएरै यात्रा गर्छन् भक्तपुर–काठमाडौंका यात्रु

राजधानीमा कार्यरत भक्तपुरकी अमृता अर्याललाई अचेल बेलुका घर फर्कने चिन्ताले सताउने गरेको छ। यसको कारण हो– काठमाडौं–भक्तपुर रुटका गाडी नपाउनु।

टहरामै भक्तपुरका भूकम्पपीडित

२०७२ सालको भूकम्पपछि निरन्तर टहरामा बसिरहेको भक्तपुरका धेरै भूकम्पपीडितको यो वर्षको जाडो पनि टहरामै बित्ने भएको छ। घर पुननिर्माण गर्न नसक्दा उनीहरू अझै अस्थायी टहरामै कष्टपूर्ण जीवन जिउन बाध्य छन्।

चोरी गर्ने समूह पक्राउ

प्रहरीले सोमबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका ५ स्थित हिम इलेक्ट्राेनिक्सको स्टोर रुमबाट चोरी भएका धनमालसहित विभिन्न व्यक्तिहरुलाई बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ।

भक्तपुरमा सामूहिक बेल विवाह

भक्तपुुरका विभिन्न ठाउँमा सामूहिक बेल विवाह गरिएका छन्। जिल्लाका जगाती, चाँसुखेल, याछें, महालक्ष्मीस्थान लगायतका स्थानहरूमा दुई दिने सामूहिक बेलविवाह गरिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्