काठमाडौं – मुक्तिनाथ विकास बैंकले भक्तपुरको ठिमी र काभ्रेको बनेपामा शाखा खोलेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले ठिमी शाखा र बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह वादे श्रेष्ठले बनेपा शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।
कार्यक्रमका सभापति तथा बैंक सञ्चालक समितिका सदस्य नारायणकुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिबारे जानकारी गराएको जारी विज्ञप्तिमा उल्लेख छ । यस बैंकले एक सय १४ शाखा र २० एटिएमबाट आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित: २४ फाल्गुन २०७५ ०७:४८ शुक्रबार