२१ आश्विन २०८१ सोमबार
image/svg+xml

वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएको भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्ने उद्देश्यले राजधानीमा वृद्धाश्रमहरुमा मास्क तथा हात धुने सामग्रीको वितरण सुरु गरेको छ।

घर फर्किन नपाएपछि खाडीका नेपाली चिन्तित

सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोप सहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपालीहरु चिन्तित बनेका छन्।

मापसे चेकिङ पनि स्थगित

कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मदक पदार्थ सेवन (मापसे) जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए।

प्रहरी गणमा बाहिर निस्कन बन्देज

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेका बेला कर्णाली प्रदेश प्रहरी गणमा उच्च सतर्कता अपनाइएको छ। प्रहरी गणमा रहेका प्रहरीहरु बाहिर निस्कन बन्देज गरिएको हो। उनीहरुले भित्रै तालिमदेखि अन्य कार्यालयका कामहरु गर्ने गरेका छन्।

नमाज पढ्ने कार्यक्रम स्थगित

सरकारले धेरै मानिसहरुको भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेसँगै मस्दिजहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको छ। विश्वभरी कोरोना भाइरस (कोभिड-१९) सन्त्रास फैलिएका बेला उपत्यकाका विभिन्न मस्जिदहरुमा नमाज पढ्ने कार्यक्रम स्थगित गरिएको हो।

बसपार्कमा उपत्यका छाड्नेहरुको संख्या बढ्याे

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ। कोभिड -१९ को जोखिम बढेसँगै सरकार विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो। सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ।

चैत्र २२ सम्म सबै अदालत बन्द

कोरोना भाइरसलाई मध्यनज राख्दै देशभरका अदालत बन्द गरिएको छ। शुक्रबार बसेको 'फुल कोर्ट' बैठकले चैत्र २२ गतेसम्मका लागि सबै तहका अदालत बन्द गर्ने निर्णय गरेको हो।

कोरोनालाई मध्यनजर राख्दै नेपाली टाइम्सको प्रकाशन बन्द

हिमाल मिडियाद्वारा प्रकाशित नेपाली टाइम्स पत्रिकाले कोरोना भाइरसलाई मध्यनजर राख्दै प्रकाशनलाई बन्द गरेको छ। अवस्था सामान्य नहुँदासम्मको लागि प्रकाशन रोकिएको नेपाली टाइम्सले जनाएको छ। तर पत्रिकाको अनलाइन भने सुचारु रहने जनाइएको छ। पत्रिका हरेक शुक्रबार प्रकाशन हुँदै आएको थियो। पत्रिकारले पाठकहरुका लागि डिजिटल प्याकेज दिने जनाएको छ।

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम बढेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ। शुक्रबारका लागि बोलाइएको बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको हो।

आजदेखि चिडियाखाना बन्द

विश्वभर फैलिएको कोरोना भाइरस ‘कोभिड–१९’को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ।

बैतडीका ८ वटा सीमा नाका बन्द

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वव्यापी ?पमा फैलिरहेकाले डुंगाबाट आवतजावत हुने बैतडीका तल्लोसोराडकााट बन्द गरिएको छ। महाकाली नदीमा डुंगा चढेर ओहोरदोहोर हुन ८ वटा घाट अनिश्चित कालको लागि बन्द गरिएको हो। बैतडीको झुलाघाट सीमानाका भने खुला गरिएको छ।

भारतबाट आँखा जाँच्न आउनेहरू विशेष निगरानीमा

गृह मन्त्रालयले भारतीय सीमाक्षेत्रबाट नेवल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट नेपालमा आँखा जँचाउन आउनेहरूमाथि विशेष निगरानी गर्न थालिएको छ।

प्रभाव र राहतमा अध्ययन गर्दै सरकार

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकको अर्थतन्त्रमा परेको असरबारे सरकारले अध्ययन सुरु गरेको छ। प्रभावित क्षेत्रलाई कसरी राहत दिने भन्ने योजना बनाउन पनि अर्थ मन्त्रालयले अध्ययन सुरु गरेको हो।

होटल हायात बन्द, अन्यमा छलफल

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको प्रभावले काठमाडौंस्थित पाँचतारे होटल हायात रिजेन्सीले आफ्नो सेवा बन्द गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्