८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

मापसे चेकिङ पनि स्थगित

काठमाडौं- कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मदक पदार्थ सेवन (मापसे) जाँच गर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापसे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए।

अत्याधिक मात्रामा मापसे सेवन गरी सवारी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने उनले बताए। उनले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले मापसे गरेको आशंका लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताए। जोखिमको अवस्थमा प्रहरीले चेक जाँच खुकुलो बनाएको मौकामा मापसे गरेर सवारी साधन नचलाउन समेत ढकालले आग्रह गरे।

महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको संक्रमणबाट बच्न शुक्रबारदेखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताए। उपत्यकाका ८० भन्दा बढी स्थानमा ट्राफिक प्रहरीको टिम परिचालन गरी कोरोना संक्रमणको जोखिमबाट बच्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताए। 'मास्क लगाऔं, भिडभाड नगरौं, हात धोऔं’ लेखिएका ब्यानरसहित नागरिकमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए।

ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भिडभाड हुन नदिन र सवारी साधनको सरसफाइलाई ध्यान दिन यातायात व्यवसायीहरुलाई समेत सचेत गराएको छ । त्यस्तै ट्राफिक प्रहरी भित्र पनि कोरोना भाइरसको सचेतना कार्यक्रम गरी सावधानी अपनाइएको छ । त्यस्तै विभिन्न चेकजाँचमा परी लाइसेन्स, बिलबुक लिन जानेहरु दिने सचेतना कक्षा समेत तत्काल स्थगित गरिएको बताउनुभयो । यद्यपी सचेतना कक्षा पछि लिइने गरी लाइसेन्स र विलबुक उपलब्ध गराइने उहाँले बताउनुभयो ।

प्रकाशित: ७ चैत्र २०७६ १०:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App