२ मंसिर २०८१ आइतबार
image/svg+xml

बालगृहका नाममा ठगी धन्दा

बालगृह सञ्चालकले प्रलोभन देखाई अभिभावकसँग रकम असुल्ने तर बालबालिकालाई उचित वातावरण नदिने गरेको केन्द्रीय बालकल्याण समितिको प्रतिवेदनले देखाएको छ।

जोखिमपूर्ण अवस्थाका नौ बालबालिकाको उद्धार

नागार्जुन नगरपालिका–४ सीतापाइला, ख्वपाटोलस्थित एक घरमा अत्यन्त जोखिमपूर्ण अवस्थामा राखिएका चार बालक र पाँच बालिका गरी नौ बालबालिकाको उद्धार गरिएको छ।

टोरोन्टोका नेपाली बालबालिकालाई सकर प्रशिक्षण

टोरोन्टो नेप्लिज स्पोर्टस क्लबले आयोजना गरेको चार महिना लामो ‘सकर प्रशिक्षण’आइतबार सम्पन्न भएको छ। ग्रेटर टोरोन्टो क्षेत्रमा बस्ने नेपाली समुदायका बालबालिकालाई लक्षित गरि आयोजना गरिएको यो तालिममा ७ देखि १४ वर्षका ६८ नेपाली बालबालिका सहभागी भए।

बाल मन्दिरका निर्देशक डंगोल पक्राउ

बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोललाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार डंगोललाई नियन्त्रणमा लिइएको प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए।

कानको यन्त्र किन्न सरकारको सहयोग

जन्मजात कान नसुन्ने बालबालिकालाई श्रवणयन्त्र (कक्लियर इम्प्लान्ट) किन्न यो वर्ष पनि सरकारले सहयोग गरेको छ। चालू आर्थिक वर्षका लागि सरकारले कक्लियर इम्प्लान्ट कार्यक्रमका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गरेको हो।

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा लैजाँदै गरेका ७ बालबालिकाको उद्धार

तिब्बतीयन नागरिकले गैह्रकानुनी रुपमा काठमाडौं लैजाने भनेर जुफाल विमानस्थलमा पुर्याइएका काइके गाउँपालिकाका ७ का बालबालिकालाई बिमानस्थल प्रहरीले फर्काइदिएको छ।

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग र विपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन)को आयोजनामा थ्री अन थ्री नेपाल बास्केटबल लिग (एनबिएल) हुने भएको छ।

बाजुराबाट ६४ जना हराए

एक वर्षको अवधीमा बाजुराबाट ६४ जना हराएको तथ्याकं प्रहरीले सार्वजनिक गरेको छ। महिला र बालबालिका गरि गएको वर्ष साउनदेखि यो वर्षको असारसम्म ६४ जना हराएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

पोखरीमा डुबेर तीन बालबालिकाको मृत्यु

सिरहाको छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर आइतबार दाजुबहिनीसहित तीन बालबालिकाको मृत्यु भएको छ । जिल्लाको अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर निवासी विमल यादवको १० वर्षीय छोरा दीपक यादव र सात वर्षीया छोरी नन्दनी यादवको स्थानीय पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाली टोली मलेसियातर्फ

युथ फुटबल एन्ड लिडरसिप क्याम्पमा सहभागी हुने २० सदस्यीय नेपाली टोली मलेसियाततर्फ प्रस्थान गरेको छ। एसियाली फुटबल महासंघको सहयोग तथा सेल्टर आश्रय नेपालको आयोजनामा अघिल्लो महिना सम्पन्न दोस्रो राष्ट्रिय बालबालिका लिगमा उत्कृष्ट भएका दुई टोलीका खेलाडीलाई मलेसिया लगिएको हो।

पोर्चुगलमा खुल्याे नेपाली पाठशाला

पोर्चुगाली भाषा बोल्न र लेख्न सक्ने सदीक्षा गौतम यतिबेला कखरा सिक्न तल्लीन छिन्। लण्डनमा जन्मेकी र पोर्चुगलमा हुर्केकी सदीक्षा भर्खरै सात वर्षकी भइन्। विदेशमै जन्मेकी र विदेशी भूमिमै हुर्केकी सदीक्षाले नेपाली भाषा बोल्न सक्ने भए पनि लेख्न भने सक्दिनन् तर पोर्चुगाली भाषा बोल्न मात्र होइन खरर लेख्न पनि सक्छिन्। सदीक्षालाई नेपाली अक्षर कदेखि ज्ञसम्म लेख्नसमेत मुस्किल पर्छ। नेपाली बोल्न सक्ने उनलाई सजिलैसँग नेपाली पनि लेख्ने रहर छ।

जोखिम मोलेर शिक्षा

करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ । वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ । काँडा नदीमा एउटा मात्रै डुंगा छ । त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ । विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ ।

कुपोषण हटाउने उपाय

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर १५ करोडभन्दा बढी बालबालिका कुपोषणले प्रभावित भएका छन्। तर हालै अमेरिकी वाशिंटन विश्वविद्यालयका वैज्ञानिकको एक अनुसन्धानका अनुसार यी तीनवटा चिज चना, बदाम र केराले कुपोषण हटाउने बताइएको छ। यी तीन चिजबाट बनेको आहारले शरीरभित्रका कीटाणुका लागि फाइदा मिल्छ। जसले बच्चाको तीव्र विकास हुने ती वैज्ञानिकले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्