११ मंसिर २०८१ मंगलबार
image/svg+xml

राप्रपा नेपालद्वारा ६ सांसदसहित १७ केन्द्रीय सदस्य निस्कासित

पार्टी फुटाउने कार्यमा संलग्न १७ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको छ। अनुशासनहीन कार्यमा संलग्न रहेको ठहर गर्दै राप्रपा केन्द्रीय समिति बैठकले उनीहरुलाई कारवाही गरेको पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले बताए।

लामाबगर नाका खुलाउन सांसदको माग

चीनसँगको सिमानाबाट राजधानी काठमाडौँ जोड्ने मध्ये सबै भन्दा सुरक्षित भनिएकोे दोलखाको लामाबगर नाकालाई विशेष प्राथामिकतामा राखेर खुलाउन दोलखाका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदद्वारा 'राइट टु रिकल' माग

जनताबाट निर्वाचित सांसदमाथि जनताले नै अविश्वासको प्रस्ताव दर्ता गरेर उम्मेदवारलाई फिर्ता बोलाउने अधिकार (राइट टु रिकल) को व्यवस्था कानुनमा समावेश गर्नुपर्ने सांसदहरूले बताएका छन्।

सचिवमाथि सांसद्हरु खनिएपछि...

काठघर नं. ३, व्यवस्थापिका–संसद सचिवालयमा उपत्यकाका सडकको दुरावस्था बारे सार्वजनिक लेखा समितिको बैठक चलिरहेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर नगरपालिकाका सुनिल प्रजापतीलगायत मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम प्रसाद उपाध्याय लगायत सरोकारवाला निकाय तथा दर्जन बढी सांसद्को उपस्थिति थियो ।

गोली लागेका अमेरिकी सांसद्को निधन

अमेरिकाको रिपब्लिकन पाटीका सांसद ह्प्पि स्टिभ स्टालिस्को निधन भएको छ । बुधबार एक खेल मैदानमा खेल हेरिरहेको समयमा उनी लगायत उनका सहयोगीहरू माथि गोली प्रहार गरिएको थियो।

राजपा कार्यकर्ताद्वारा एमाले सांसद साहको गाडीमा तोडफोड

नेकपा एमालेका सांसद दीपनारायण साह चढेको गाडीमा राजपाका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी तोडफोड गरेका छन्।

सांसदहरुको आवास सुविधा रोक्का

संसद्को लेखा शाखाले सांसदले पाउने आवास सुविधाबापतको रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ। संसद्का पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूले आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो।

नगर प्रमुखमा भिड्दै पूर्वसांसद

एमालेका शान्तकुमार ओली पहिलो संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ मा चुनाव लडे। उनका प्रतिस्पर्धी थिए माओवादी अध्यक्ष पुष्पकमल दाहाल। ओली निकै फराकिलो मतान्तरले दाहालसँग पराजित भए।

देउवाको पक्षमा ३९० सांसद, प्रधानमन्त्रीको निर्वाचन हुँदै (लाइभ भिडियो)

व्यवस्थापिका–संसदको दोस्रो बैठकमा प्रधानमन्त्रीको निर्वाचन हुँदैछ। नेपालको ४० औं प्रधानमन्त्री बन्ने दौडमा काँग्रेस सभापति शेरबहादुर देउवा मात्र एक्ला उम्मेदवार छन्। देउवा झन्डै दुई तिहाई सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने देखिएको छ। देउवाको पक्षमा उनको आफ्नै पार्टी काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, फोरम लोकतान्त्रिकसहित ३ सय ९०भन्दा बढी सांसदको समर्थनमा देउवा निर्वाचित हुन लागेका हुन्।

देउवा पक्षमा ३९२ सांसद

केही दिनदेखि अवरुद्ध संसद् बैठक सञ्चालन गर्ने सहमतिसँगै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुने निश्चित भएको छ।

युरोपेली सांसद–परराष्ट्रमन्त्री भेटवार्ता

युरोपेली संसद्की सदस्य जिन लाम्बाटको नेतृत्वमा आएको युरोपेली सांसदको प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री प्रकाशशरण महतसँग शिष्टाचार भेट गरेको छ। युरोपेली संसद्को दक्षिण एसिया मामिलासम्बन्धी अध्यक्षसमेत रहेकी लाम्बार्टको नेतृत्वमा हाल नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा चार सांसद छन्।

सांसदहरुको सनाखतपछि मात्र महाअभियोग अघि बढाउन एमालेको माग

बैशाख २१ नेकपा एमालेले प्रधान न्यायाधीश सुशील कार्कीविरुद्ध महाभियोग प्रस्तावमाथि सनाखत गरेर मात्रै अघि बढाउनु पर्ने माग गरेको छ।

सांसदलाई चुनाव लाग्यो, कोरम नपुगेर बैठक स्थगित

स्थानीय निकाय निर्वाचन हुन २३ दिन बाँकी रहेको अवस्थामा बिहीबार बसेको संसद् बैठक कोरम नपुग्दा स्थगित भएको छ। एक सातापछि बसेको बैठकमा ९४ जना सांसद मात्र उपस्थित थिए। यसअघि चैत २९ बैठक बसेको थियो।

नियम मिचेर खर्च गर्दै सांसद

पार्टी कार्यकर्ता भएको उपभोक्ता समितिमार्फत बजेट दुरुपयोग गरेको, कमिसन लिएको, तालिमका नाममा कार्यकर्ता पोसेर दुरुपयोग गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ।

एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा

एमाले सांसदले मन्त्रिपरिषद् बैठकमा उपस्थित नहुने निर्णय गरेका गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन्। सोमबार व्यवस्थापिका संसद् बैठकको विशेष समयमा एमाले सांसद रेवतीरमण भण्डारीले सरकारी सुविधामात्र लिन गृहमन्त्री पदमा बस्न नपाइने भन्दै राजीनामा माग गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्