समानुपातिक सांसदको नामावली बुझाउने आज अन्तिम मिति
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक सांसदहरूको नामावलीको सूची पेश गर्नका लागि सोमबार अन्तिम मिति निर्धारण गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गतको समानुपातिक सांसदहरूको नामावलीको सूची पेश गर्नका लागि सोमबार अन्तिम मिति निर्धारण गरेको छ।
प्रदेश नम्बर ३ का सांसदलाई खाली रहेका सरकारी भवनमा निवासको सुविधा दिने घोषणा गरेर चर्चामा आएको हेटौंडा उपमहानगरपालिका अहिले निकै विवादमा तानिएको छ । मकवानपुर बाहिरका सांसदलाई हेटौंडा आसपासका सरकारी भवनमा निवासको सुविधा दिने निर्णयको चौतर्फी स्वागत भए पनि किस्तामा घडेरी दिने निर्णयको भने आलोचना भएको हो।
एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ चार पुरुषसहित ४१ जनाको नाम टुंगो लगाएको छ। पार्टी मुख्यालय धुम्बाराहीमा आइतबार बसेको स्थायी कमिटी बैठकले टुंगो लगाएको नामावली सूचीका केहीले पहिले पनि समानुपातिकतर्फ अवसर प्राप्त गरिसकेका छन्।
नेपाली कांग्रेसले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रतिनिधी सभा निर्वाचनमा समानुपातिकतर्फ पाएको ४० स्थानका लागि नाम टुंगो लगाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेकपा एमालेले समानुपातिक सांसदको नामावली टुंगो लगाएको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले टुंगो लगाएका नाममा नेता पत्नीदेखि विद्यार्थी नेतृसम्म छन्। एमालेले आज प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त ४१ स्थानका लागि नाम निर्वाचन आयोगमा बुझाएको छ।
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समानुपातिक नामावली टुंगो लगाएको छ। धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले समानुपातिकतर्फ प्राप्त गरेको ४१ स्थानका लागि अन्तिम नामावली टुंगो लगाएको सचिव योगेश भट्टराईले जानकारी दिए।
राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले सोमबार निर्वाचन आयोगमा प्रतिनिधिसभा समानुपातिकको सूची बुझाउने भएका छन्।
प्रतिनिधि सभाको समानुपातिक तर्फ महिला सदस्यको प्रतिनिधित्व धेरै हुने भएको छ। राजनीतिक दलहरुले प्रतिनिधि सभातर्फ प्रत्यक्षतर्फ र राष्ट्रिय सभातर्फ प्राप्त गरेको महिलाको सीट संख्याको आधारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कम्तीमा ३७ जना, नेपाली कांग्रेसले कम्तीमा २० जना, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १६ जना, राष्ट्रिय जनता पार्टी नेपाल ले कम्तीमा ६ जना र संघीय समाजवादी फोरम, नेपालले कम्तीमा ५ जना महिलाको प्रतिनिधित्व सुनिश्चित गराउनु पर्ने आयोगले जनाएको छ।
प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधवार प्रमाणपत्र वितरण गरियो।प्रदेश नं २ बाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली कांग्रेसका मुक्ताकुमारी यादव र नेकपा (माओवादी केन्द्र)का शशिकला दाहाल, अल्पसंख्यकमा राष्ट्रिय जनता पार्टी नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन अन्तर्गत ७ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टीका दुईजना सांसद बाहेक सबै मत खसेको छ। राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सांसद कृष्ण बहादुर चौधरी र मालमती राना थारुले मतदान गरेका छैनन्।
हेटौँडाका होटल व्यवसायीले प्रदेश नं ३ का प्रदेश सांसदलाई खाना र आवासमा छुट दिने भएका छन्। मकवानपुर होटल एशोसिएसनले खाना र बासमा र नारायणी यातायात ब्यवसायी संघले यातायातमा सुविधा दिएका हुन्।
मनोज पुनको नाममा व्यवसायी तथा प्रदेश सांसदसँग फिरौति माग्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपरिचित नम्बरबाट आफुलाई विभिन्न हत्याकाण्डमा संलग्न मनोज पुन हुँ भन्दै प्रदेश नम्बर ४ का सांसद तथा व्यवसायी बिन्दु थापा, व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई अपरिचित नंम्बरबाट धम्कि दिई फिरौति मागेका थिए।
जुम्लाबाट प्रतिनिधी सभा सदस्य निर्वाचित गजेन्द्रबहादुर महत ईन्जीनियर ल्याएर यहाँका नदिनालामा विद्युतको सर्भे गर्न व्यस्त छन्। उनलाई पानीको स्पिड र विद्युत गृह निर्माण गर्ने स्थान हेर्दै ठिक्क छ। विद्युतलाई आखाँको ज्योति सरह हेर्दै आएका छन्।
जुम्लाका प्रतिनिधी सभा सदस्य गजेन्दवहादुर महत यहाँका नदिनालामा ईन्जिनियर ल्याएर विद्युत सर्भे गर्नमा व्यस्त छन। तिला र हिमा नदिमा विद्युत निर्माण गर्न महत ईन्जिनियर सहित जिल्लामै आएर सर्भेमा जुटेका हुन । उनले भने, “सांसद नबन्दैको एउटा धोको जिल्लालाई अन्धकार मुक्त वनाउने थियो, अहिले सांसद भएपछि अवसर प्राप्त भएको छ, यो अवसरमा जुम्लालाई उज्यालो बनाउने गरी विद्युत सर्भेको कार्यमा जुटेको छु।”
सातैपिच्छे जस्तो ‘नेपाल बन्द’ हुन थालेपछि सहरी युवाको एउटा समूह विरोध गर्दै माइतीघर मण्डला पुग्थ्यो । माइकिङ गर्दै माइतीघर पुग्ने ती युवाले हातमा हुन्थ्यो, ‘नेपाल खुला छ,’ लेखिएको प्ले–कार्ड ।