८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विद्युत् चुहावट गर्ने २४ जना पक्राउ

हुकिङ गरी विद्युत् चुहावट गर्ने २४ जनालाई विद्युत प्राधिकरण वितरण केन्द्र लहानले पक्राउ गरेको छ। विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो।

माघमा हिमालयन हाइड्रो एक्स्पो

हिमालयन हाइड्रो एक्स्पो माघ ४ देखि ६ गतेसम्म हुने भएको छ। उक्त एक्स्पोमा आउने पाहुनालाई हेलिकप्टरबाट जलविद्युत् आयोजना निर्माणस्थलको अवलोकन गराउने आयोजकको योजना छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा उक्त एक्स्पो गर्न लागेका हुन्। यसअघि पनि यस्तै एक्स्पोको आयोजना गरिएको थियो।

‘१० वर्षको समय यत्तिकै खेर, म्याद बढाउने अभ्यास किन ?’

नेकपाका प्रभवशाली नेता भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अनुमति लिएको जिएमआरको म्याद फेरि थप्न सान्दर्भिक नहुने बताएका छन्। सुदुर पश्चिम क्षेत्रका नेता रावलले बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एक दशकदेखि लाइसेन्स हातमा लिएको भारतीय कम्पनी जिएमआरलाई पुनः म्याद थप्ने अभ्यास गर्न नहुने बताएका हुन्।

माथिल्लो कर्णाली जीएमआरले बेच्न लाग्याे, सरकार लम्पसारः भिम रावल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद भिम रावलले माथिल्लो कर्णाली जलविद्युत् आयोजना भारतीय कम्पनी ‘जिएमआर’ले   बेच्न चलखेल गरिरहेको भन्दै उसको गतिविधि प्रति नेपाल सरकारनै झुकेको टिप्पणी गरेका छन्।

सान्जेनको ६६ प्रतिशत काम पूरा

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको सान्जेन जलविद्युत् आयोजनाको ६६ प्रतिशत काम पूरा भएको छ। आयोजनाको पाँच लटमा निर्माण कार्य भइरहेको छ। सिभिल कार्यतर्फ ६७, इलेक्ट्रो मेकानिकलतर्फ ५८, हाइड्रो मेकानिकलतर्फ ५४ र प्रसारण लाइन निर्माणमा १५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ।

जलविद्युत् आयोजनाको आडमा अवैध क्रसर

शक्ति र पहुँचको आडमा उत्तरी म्याग्दीमा सञ्चालित एक क्रसर उद्योगले अवैध उत्खनन् गरेको पाइएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको पतारमा मिस्त्री खोला, आसपासका सार्वजनिक जग्गाबाट गिटी, बालुवा र ढुंगा उत्खनन् गरेर केही स्थानीयले निर्माणाधिन अवस्थामा रहेकोे ४२ मेगावाट क्षमताको मिस्त्री खोला जलविद्युत् आयोजनाको आडमा खोलामा एक्जाभेटर लगाएर निर्वाध बिक्री गर्ने गरेका छन्।

माथिल्लो चाकु सेयर निष्कासनकाे अन्तिम चरणमा

निर्माण अन्तिम चरणमा पुर्‍याउँदै परीक्षण तयारीमा जुटेको २२.२ मेगावाटको अपर चाकु खोला–ए जलविद्युत् आयोजनाले साधरण सेयर निष्कासनको तयारी थालेको छ। आगामी फागुनभित्र उत्पादन थाल्ने तयारीमा जुटेको आयोजनाले सर्वसाधारणका लागि २५ प्रतिशत सेयर जारी गर्न लागेको हो।

इनर्जी बैकिङमा नेपाल र भारतबीच सहमति

नेपालले वर्षायाममा उत्पादन गरेको बिजुली भारत निर्यात गर्ने र हिउँदमा भारतबाट आयात गर्ने गरी नेपाल–भारत इनर्जी बैकिङमा  सहमति भएको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति(पीईसी)को १३ औं बैठकले यस्तो निर्णय गरेको हो।

विकास (जलविद्युत्) का लागि सञ्चार

सर्वसुलभ भए आफ्नो व्यवसाय नै धरापमा पर्ने त्रासले फोर जी बिस्तारका बाधक कतै इन्टरनेट सेवाप्रदायक नै त हैनन् भन्ने शंका गर्ने ठाउँ बनेको छ।‘विकासका लागि सञ्चार’, ‘विकासका लागि संरक्षण’ भन्नेजस्ता कोरा नारा विगत लामो समयदेखि घन्किरहेका छन्।

पाइप जडान र ढुवानीको काम अर्को ठेकेदारलाई

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्न बाधक बनिरहेको भारतीय ठेकेदारलाई दिइएको पाइपलाइन ढुवानी तथा जडान कार्य अस्ट्रियन ठेकेदार कम्पनीलाई दिइएको छ। आयोजनाको हाइड्रो मेकानिकलतर्फको ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याको रेल एन्ड इन्जिनियरिङ लिमिटेडले पेनस्टक पाइप ढुवानी तथा जडानको काम ढिलाइ गरेका कारण अस्ट्रियन ठेकेदार कम्पनीलाई दिन लागिएको हो।

फेरिएको भारतीय मनसाय

सुन्दै अचम्म लाग्न सक्छ, नेपालको जलस्रोतमा सदीयौंदेखि हाबी हुँदै आएको र करिब एक दर्जन ठूला जलविद्युत् आयोजना ओगटेर बसेको   दक्षिणी छिमेकी भारतले अहिलेसम्म एउटामात्र जलविद्युत् आयोजना सम्पन्न गरेको छ, त्यो पनि पञ्चायतकालमा। २०४६ सालअगाडि नुवाकोटमा रहेको सानो क्षमताको जलविद्युत् आयोजना बनाएको भारतले त्यसपछिका करिब तीन दशकमा एउटा आयोजना पनि पूरा गरेको छैन।

विद्युत् व्यापार निर्देशिका परिमार्जनले क्षेत्रीय बजारको ढोका खुल्यो : उर्जामन्त्री पुन

भारतले सीमापार विद्युत् व्यापार (आयात–निर्यात) निर्देशिकामा परिमार्जन गर्दै नेपाललाई विद्युत् बेच्न सहज हुने प्रावधान राखेको छ। निर्देशिका परिमार्जनसंगै नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ। आफ्नो लगानीमा बनेका आयोजनाको बिजुली मात्रै किन्ने प्रावधान यसअघि निर्देशिकामा समावेश थियो।

गोसाईकुण्डसम्म विद्युत् विस्तार गरिँदै

धार्मिकस्थल गोसाईकुण्डमा विद्युत् विस्तारको काम सुरु भएको छ।  चालु आर्थिक वर्ष २०७५/७६ भित्र गोसाईकुण्डमा विद्युत् पु-याउनका लागि काम सुरु गरिएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

सम्झौताविपरीत म्याद नथप्न सरकारलाई आग्रह

एक दशकदेखि माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको लाइसेन्स हातमा लिएर पनि निर्माण गर्न नसक्ने भारतीय कम्पनी जिएमआरको म्याद पुनः थप्न नहुने आवाज उठेको छ।

स्वास्थ्य मन्त्रालयले १२ करोड विद्युत् महसुल बुझाउन बाँकी

स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन। यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्