७ आश्विन २०८१ सोमबार
image/svg+xml

जनता तीन तहको करले थिचिए : नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले जनता तीन तहको करले थिचिएको बताएका छन्। नेपाल प्रेस युनियन झापाले बिर्तामोडमा गरेको पत्रकार सम्मेलनमा नेता केसीले तीन तहको सरकारले लगाएको करले नागरिकलाई समस्या भएको बताएका हुन्।

‘नेकपा र कांग्रेस भारतको ट्रोजन हर्स’

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स’ भएको बताएका छन्। १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप कलेज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै रोहितले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता तथा कार्यकर्ता आवश्यक भएको बताए।

‘नेताले गणतन्त्रलाई कुरुप बनाए’

नागरिक समाजका अगुवाहरुले राजनीतिक दलहरुले लोकतान्त्रिक गणतन्त्रलाई कुरुप बनाउने काम गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यद्वारा लिखित ‘गणतन्त्रको यात्रा’ नामक पुस्तकको बुधबार राजधानीमा विमोचन गर्दै नागरिक अगुवाहरुले लोकतान्त्रिक गणतन्त्रको भविष्यमाथि नै प्रश्न उठाए।

राजनीतिक कित्ताकाटका आधारमा छुट्टाछुट्टै कार्यक्रम

मकवानपुरका मजदुरहरूले राजनीतिक कित्ताकाटका आधारमा छुट्टाछुट्टै कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएका छन्। ‘विश्वका मजदुर एक होऔं’ नारा रहेको मजदुर दिवसको अवसरमा बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’, अखिल नेपाल ट्रेड युनियन महासंघलगायत मजदुर संगठन र नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका हुन्।

‘सरकारले मजदुरलाई आश्वासन मात्रै बाँड्यो’

नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले मजदुरलाई आश्वासन मात्रै बाँडेको आरोप लगाएका छन्। १३० औं श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले बुधबार नेपालगन्जमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री साउदले मजदुरको हकहितका निम्ति विगतको सरकारले गरेको कामको जस वर्तमान सरकारले लिईरहेको जिकिर गरे।

सरकारविरुद्ध ११ विद्यार्थी संगठन सडकमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका सरकारबाहिर रहेका दलनिकट ११ विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएका छन्। कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अगुवाइमा ११ विद्यार्थी संगठनले मंगलबार सरकारविरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

नागरिकको धैर्यको सिमा टुट्न थाल्यो : देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार झुटा प्रचारमा रमाएको आरोप लगाएका छन्।

मुलुकमा समृद्धिभन्दा भ्रष्टाचार र अनियमितता मौलायो : देउवा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारको सरकारी जग्गा भूमाफियाले कब्जा गर्दासमेत सरकार ढाकछोप गर्न तल्लीन रहेको आरोप लगाएको छ। सोमबारबाट सुरु भएको संसद् अधिवेशनलाई सम्बोधन गर्दै कांग्रेस सभापतिसमेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार भ्रष्टाचार र अनियमितामा लिप्त भएको आरोप लगाएका हुन्। ‘यस्तो घटनाले नागरिकको धैर्यको सीमा टुट्न लागेको छ,’ देउवाले भने, ‘अब गफ र नारामा होइन, साँच्चिकै काम र परिणाममा सरकारको उपस्थिति हुनुपर्छ।’

‘जनताको मनबाट ओली सरकार हट्यो’

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी ओली नेतृत्व सरकार पूर्वारूपमा असफल भएको निष्कर्ष निकालेको छ। संसद् अधिवेसन सुरु हुनु एक दिनअघि आइतबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले भ्रष्टाचार अनियमिता जस्ता कुराले ओली नेतृत्वको सरकार जनताको मनबाट हटिसकेको ठहर गरेको हो।

एउटा पक्षको कार्यक्रम अर्को पक्षद्वारा बहिस्कार

नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिस्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ। नेपाली कांग्रेसको रौतहट क्षेत्र नम्बर २ ले आयोजना गरेको जनसभामा पार्टीका जिल्ला सभापति कृष्णप्रसाद यादव नै अनुपस्थित भए। एक पक्षीय कार्यक्रम भएको र पार्टीको कार्यक्रम नै नभएको दाबी यादवको छ।

कांग्रेसको जवाफः ओलीजी ज्ञानेन्द्र पथलाई दौडेर उछिन्न नखोज्नुस्, लडिएला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले प्रि–बजेट छलफल नगराई नीति तथा कार्यक्रम ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ। सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले  प्रि–बजेट विगतमा अभ्यास भएको र अहिले पनि गर्नुपर्ने भन्दै यसो नगरिए संसदको नै अवमूल्यन हुने निष्कर्ष निकालेको छ।

कोइराला समूहले गरेको कार्यक्रम देउवा समूहद्वारा बहिस्कार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा गुटगत राजनीति तल्लो तहसम्म मौलाएको छ। एउटा पक्षले आयोजना गरेको कार्यक्रम अर्को पक्षले बहिष्कार गर्नेसम्म बेथिति रौतहटमा पनि देखिएको छ।

जागरण अभियानमा कांग्रेसले कानून व्यवसायी खटाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा कानून व्यवसायी खटाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले बैशाख २५ गतेदेखि सुरुहुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कानून व्यवसायी खटाउने निर्णय गरेको सचिव प्रेम केसीले जानकारी दिएका छन्।

कांग्रेस नेतृत्वलाई जनताले विश्वास गरेनन् : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वलाई जनताले विश्वास नगर्दा कांग्रेसले पराजय भोग्नुपरेको दाबी गरेका छन्। संखुवासभामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले जनता र मुलुकको हितमा काम गर्दा गर्दै कांग्रेस हार्नुले नेतृत्वप्रतिको अविश्वास दर्शाएको बताए। ‘जनता कांग्रेसको पक्षमा छन्।

ओली सरकार विफल भयो : पौडेल

नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले समृद्ध नेपाल र शुखी नेपाली बनाउने ओली सरकारको नारा कागजको खोस्टोमा मात्रै सीमित रहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसद्वारा रौतहटको राजपुर फरहदवामा शनिबार आयोजित जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको थियो। तर नेकपा सरकारले त्यसको विपरित भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिई मुलुकलाई भ्रष्टाचार एवं काण्डैकाण्डको देश बनायो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्