७ आश्विन २०८१ सोमबार
image/svg+xml

‘खुलामञ्चका सटर हटाउन प्रधानमन्त्रीको भूमिका स्वागतयोग्य’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले कडा निर्देशन दिएकोले खुल्ला मञ्चका सटर हटाईएको भन्दै धन्यवाद दिएका छन्।  शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको विशेष साक्षात्कारमा नेता प्रधानले खुलामञ्चको सटर हटाउनको लागि प्रधानमन्त्री ओलीका साथै सञ्चारमाध्यमको पनि भूमिका रहेको बताए।

सिटाैलासँग देउवाकाे भेट : तेस्राे धारसँग दूरी घटाउने उद्देश्य

सिटौला समूहसँग दूरी बड्दा विभागहरु गठनलगायत भ्रातृ संगठनका विवादित विषय टुंग्याउने सन्दर्भमा देउवालाई समस्या परेको थियो। गत चैत २१ गते बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कर्यसम्पादन समिति गठनमा भागबन्डा गर्दा सिटौला समूहलाई बाइपास गर्न खोजेपछि पार्टीभित्र संवादहीनताको अवस्था आएको थियो।

शेखरको प्रश्न– सार्वजनिक सम्पत्तिमाथि लुट कहिलेसम्म?

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बालुवाटार र टुँडिखेलको सार्वजनिक जग्गा मिच्ने जतिसुकै शक्तिशाली भए पनि तत्काल कारवाही गर्नुपर्ने माग गरेका छन्। नेता कोइरालाले एक विज्ञप्ति जारी गर्दै बालुवाटार र टुँडिखेल प्रकरणमा ठूलै नेता संलग्न भएको भए पनि कारवाही गर्नुपर्ने माग गरेका हुन्।

कांग्रेस सुदृढिकरणका लागि जागरण अभियान, नेताबीच मतभेद उस्तै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरिसकेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान बैशाख २५ गतेदेखि हुँदैछ।

कमजोर प्रतिपक्ष

संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो। त्यति मात्र होइन, सरकारका गल्तीकमजोरी औंल्याउँदै उसलाई सही बाटोमा हिँडाउने जिम्मेवारी पनि उसकै हो।

कांग्रेसकाे जागरण अभियान सर्‍यो

नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ। काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो।

काँग्रेस नेता ताम्राकारको निधन

नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष एवं पूर्व मन्त्री रामकृष्ण ताम्राकारको उपचारका क्रममा निधन भएको छ। निमोनिया बढेपछि यही वैशाख ३ गते अस्पताल भर्ना भएका ७५ बर्षीय नेता ताम्राकारको आज दिउँसो ३ः४५ बजे अल्का अस्पतालमा निधन भएको काँग्रेसले जनाएको छ।

सार्वजनिक कार्यक्रममै आरोप–प्रत्यारोप

नेपाली कांग्रेसमा लामो समयदेखि अन्तरद्वन्द्व र अन्तर संघर्ष चल्दै आएको छ। पार्टी केन्द्रमा देखिएको गुटगत स्वार्थ तल्लो तहसम्म पनि उस्तै छ। पार्टी सभापतिदेखि नेतासम्म आफ्नो गुटगत स्वार्थअनुसार एकअर्काको आलोचना सार्वजनिक कार्यक्रममा नै गर्दै आएका छन्। गत पुसमा सम्पन्न महासमिति बैठकदेखि भने नेताहरू एउटा मुद्दाका कारण विभाजित छन्। महासमिति बैठकमा जिल्ला सभापतिहरूले उठाएका दुईवटा मुद्दाका कारण सभापति शेरबहादुर देउवा र असन्तुष्ट खेमाका नेताहरूले आ–आफ्नै मुद्दा बनाएका छन्।

देउवाकाे दुखेसाे : केन्द्रीय सदस्य मान्दैनन्, मैले मात्र के गर्ने ?

यसलाई नयाँ व्यवस्था गरेजस्तै गरी प्रचार गरेको भन्दै देउवाले आपत्ति जनाए। ‘यो व्यवस्था गिरिजाबाबु सभापति हुँदै आएको हो, यो व्यवस्था ल्याउँदा विधान मस्यौदा समिति संयोजक सिटौलाजी(कृष्णप्रसाद सिटौला)नै हुनुहुन्थ्यो। तर अहिले मैले के के न गरेँ भने जस्तो बनाइएको छ’, उनले भने।

कांग्रेस रेलिङ्ग भाँच्ने र कुर्सी तोड्ने प्रतिपक्षी हाेइन : उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान ओली सरकारले एकपछि अर्को अलोकतान्त्रिक चरित्रहरु प्रस्तुत गर्दै गएपनि आफूहरु अराजक एवं उदण्ड प्रतिपक्षको रुपमा प्रस्तुत हुन नसक्ने बताएका छन्।

देउवाको प्रश्नः भोट अरूलाई दिएर कांग्रेसलाई कमजोर भन्ने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कमजोर प्रतिपक्ष भन्नेप्रति कटाक्ष गरेका छन्।

कांग्रेस गतिशीलताको अर्थ

नेपाली कांग्रेसले नयाँ वर्षको प्रारम्भसँगै राजनीतिक गतिविधि बढाउन थालेको छ। नेपाली कांग्रेसबारे टिप्पणी गर्ने धेरैलाई लाग्ने गर्छ– कांग्रेस सरकार चलाउनमात्र जान्दछ, यो पार्टी प्रतिपक्षका लागि जन्मेकै होइन। अर्थात् प्रतिपक्षीका रूपमा उसको भूमिका प्रभावकारी देखिँदैन। कांग्रेस यतिबेला प्रतिपक्षमा छ र संसद् र सडकमा उसको भूमिकालाई लिएर मानिस सन्तुष्ट छैनन्। सरकारले आफ्नै प्रतिबद्धता पूरा गरेन। हत्या हिंसाका घटनामा दोषीलाई कारबाहीगर्ने साहस देखाएन।

जनजागरण कि?

नेपालको लोकतान्त्रिक आन्दोलनको माऊ पार्टी नेपाली कांग्रेस यतिखेर पुनर्जीवनका लागि जनजागरण अभियानमा निस्कँदै छ । लोकतन्त्र दिवसका दिनलाई मानक बनाएर यही वैशाख ११ गतेदेखि देशव्यापी अभियान थाल्ने उद्घोष उसले गरेको छ । नेपालमा चलेका ठूला आन्दोलन र तिनबाट प्राप्त परिवर्तनमा नायक, वाहक तथा निर्णायक बनेको कांग्रेसले विगतमा सम्पन्न तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोर्न पुग्यो ।

देउवा–सिटौला दमक आउँदै, गुट अन्त्यको अपेक्षा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहिति शीर्ष नेता सोमबार झापाको दमक आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्