७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक कित्ताकाटका आधारमा छुट्टाछुट्टै कार्यक्रम

मकवानपुर - मकवानपुरका मजदुरहरूले राजनीतिक कित्ताकाटका आधारमा छुट्टाछुट्टै कार्यक्रम गरी १३०औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएका छन्। ‘विश्वका मजदुर एक होऔं’ नारा रहेको मजदुर दिवसको अवसरमा बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल ट्रेड युनियन महासंघ ‘जिफन्ट’, अखिल नेपाल ट्रेड युनियन महासंघलगायत मजदुर संगठन र नेपाली कांग्रेसनिकट नेपाल ट्रेड युनियन कांग्रेस मकवानपुरले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका हुन्।

हेटौंडाको हुप्राचौरस्थित वासुदेव सभागृहबाट सुरु भएको नेकपानिकटको मजदुर संगठनको ¥याली बुद्धचोकमा आएर कोणसभामा परिणत भएको थियो। सभालाई सम्बोधन गर्दै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले मुलुकमा संघीय गणतन्त्र संस्थागत भइसकेकाले मजदुरहरू अब मालिक बन्ने दिन आएको बताए। ‘अत्याचार र दमनविरुद्ध मजदुरका आन्दोलनहरू निकै महŒवपूर्ण थिए,’ उनले भने, ‘अब मजदुरहरूलाई दमनको सिकार बनाउने दिन सकिएको छ।’

प्रदेश ३ का सांसद तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले सामाजिक सुरक्षा ऐन श्रमिकको हितमा रहेकाले प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन्। ‘श्रमिकले श्रमको उचित मूल्य नपाएमा ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा नारामै सीमित हुनसक्छ,’ उनले भनिन्, ‘नारालाई सार्थक बनाउन सबैभन्दा पहिले श्रमिकलाई सुखी र समृद्ध बनाउनुपर्छ।’

नेपाल ट्रेड युनियन कांग्रेसको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले प्रजातान्त्रिक व्यवस्थामा मात्र मजदुरको हित हुने बताए। उनले कम्युनिस्ट शासनमा मजदुरको समृद्धि नहुने आरोपसमेत लगाए। ‘कम्युनिस्ट शासनमा मजदुरभन्दा सत्तालाई महŒव दिइन्छ,’ उनले भने, ‘माक्र्स र लेलिनले पनि जनतालाईभन्दा सत्तालाई महŒव दिएकाले नेपालका कम्युनिस्टले मजदुरको हितको कुनै काम गरेका छैनन्।’

कांग्रेस नेता महतले अहिलेको सरकारले तीनवटै तहमा भ्रष्टाचारलाई बढावा दिइरहेको भन्दै आक्रोशसमेत पोखे। हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानअगाडिबाट निकालिएको ¥याली मेनरोड हुँदै बजार परिक्रमा गरी हेटौंडा–४ स्थित पशुपति सभाहलमा पुगेर सभामा परिणत भएको थियो।

प्रकाशित: १९ वैशाख २०७६ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App