६ आश्विन २०८१ आइतबार
image/svg+xml

सावधान! यी हुन् पाकेटमारका कोड

पाकेटमारहरुले २/२ जनाको समूह बनाइ विभिन्न बस स्टेसनबाट बसमा चढ्ने र पैसा भएको यात्रु पहिल्याइ घेराबन्दी र ठेलमठेलको अवस्था सिर्जना गरेर यात्रुबाट पर्स, मोवाइल, सुनचाँदी चोरी गर्ने गरेको प्रहरीको भनाइ छ।

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ। नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिए।

बौद्धिक चोरी गर्नेलाई कारबाही भएन

छानबिनमा केदारनाथ घिमिरे सरले प्रकाशित गरेको युनिभर्सिटी एक्सपेरिमेन्टल फिजिकल केमेस्ट्री किताबमा भारतीय लेखकको पाँच च्याप्टर हुबहु सारेको फेला परेको थियो।

यार्साको चोरी निकासी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ। जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती सुरु गरिएको हो।

प्रहरी झुक्याएर ५० लाख कमाउन योजना विफल

हेटौंडा बजारस्थित इलेक्ट्रोनिक सेन्टरका सञ्चालक उमेश घिमिरेले सुन्दै अचम्म लाग्नेगरी गरेको चोरीको नाटक विफल भएको छ।

मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जगाती र ठिमी भक्तपुरले भक्तपुरका बिभिन्न स्थानमा चोरी भएका मोटरसाइकलहरुको खोजी तथा अनुसन्धान गर्दै जाने क्रममा मोटरसाइकल चोरी, बिक्रीवितरण तथा चोरीका मोटरसाइकल प्रयोग गर्ने ६ जनालाई पक्राउ गरेको हो।

डोल्पामा धमाधम यार्सागुम्बा चोर पक्राउ

बहुमुल्य जडिबुटी यार्सागुम्बाको भण्डार क्षेत्रको रुपमा रहेको हिमाली जिल्ला डोल्पाबाट यो वर्ष यार्सागुम्बाको अवैध रुपमा चोरी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन्।

सात किलो सुन ल्याउनेलाई १७ करोडको माग दाबी

सात किलो सुनको हुन आउने सात करोड ११ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको कसुरमा मुद्दा दर्ता गरेको हो।

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बराम गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो।

स्थानीयवासीबाट कुटिएका सैनिक जवानको मृत्यु

चोरी आरोपमा सिरहाको बरियारपट्टी गाउँपालिकाका स्थानीयवासीको कुटपिटबाट घाइते एक सैनिक जवानको मृत्यु भएपछि गाउँमा भागाभाग भएको छ।

सात जना बालक पक्राउ

पाँच दिनअघि इनरुवा वडा नं. २ स्थित बालमन्दिर माध्यमिक विद्यालयको मूलगेटको ताला फोडेर कम्प्युटर कक्ष र लेखापाल कक्षको सामान चोरी भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्