५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

चोरीको मोटरसाइकलसहित पक्राउ

भक्तपुर– महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ। आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको बताए।

पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–५ फेदीगुठ घर भई हाल काठमाडौँको बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रवीन बरुवाल, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुङ्गा सुनकोशी गापा–२ कोटवेसी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन्। रासस

प्रकाशित: १४ जेष्ठ २०७६ १४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App