१० मंसिर २०८१ सोमबार
image/svg+xml

कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ। जिल्ला कार्यसमितिले नयाँ क्रियाशील सदस्यता र नवीकरण सूचीको विवरण केन्द्रमा पठाउने अवधि पटकपटक थप्दै आएको कांग्रेसमा सो अवधि यही वैशाख १५ गतेसम्म निर्धारण गरेको छ।

कांग्रेस क्रियाशील सदस्यता वितरण: विवादका कारण फेरि समय थपिँदै

सदस्यता वितरणले गतिलिन नसक्दा भदौ पहिलो साताका लागि पछिल्लोपटक तोकिएको १४औं महाधिवेशन फेरि प्रभावित हुने संकेत देखिएको हो। गत फागुनमै पाँच वर्षे कार्यकाल पूरा गरेको कांग्रेसले सवैधानिक व्यवस्थाअनुसार छ महिनाको अतिरिक्त समय लिएर भदौ पहिलो साता महाधिवेशन गर्ने निर्णय गरेको छ।

नेपाली काँग्रेस डोल्पामा क्रियासिल सदस्यता विवाद चरमोत्कर्ष

नेपाली काँग्रेस केन्द्रीय कार्यालयबाट डोल्पामा क्रियासिल सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको नेतृत्वमा तीन सदस्यीय टोली डोल्पा पुगेको छ। सदस्यता विवाद मिलाउन केन्द्रीय सदस्य घिमिरेसहित यागेन्द्र चौधरी र कल्याण गुरुगको टोली आइतवार डोल्पा पुगेको हो।

अझै सुरु भएन २९ जिल्लामा सदस्यता वितरण

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण र वितरणको काम अघि नबढेपछि छानबिन समितिले सक्रियता बढाएको छ। केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठन भएको सदस्यता छानबिन समितिको मंगलबार बसेको बैठकले सातवटै प्रदेशमा प्रतिनिधि खटाउने निर्णय गरेको छ।

राप्रपाको सक्रिय सदस्यता फारम वितरण अभियान सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको कार्यतालिका अनुसार सक्रिय सदस्यता फारम वितरण अभियानअन्तर्गत आज पार्टीका अध्यक्ष कमल थापालगायत पदाधिकारीलाई फारम वितरण गरिएको छ ।

खोटाङलाई एन्फाको सदस्यता

खोटाङले अखिल नेपाल फुटबल संघको अस्थायी सदस्यता प्राप्त गरेको छ। फुटबल संघ गठन गरी जिल्लामा फुटबलको व्यावसायिक विकास र विस्तारका लागि अनुरोध गरिएअनुसार एन्फाले एक वर्षका लागि अस्थायी सदस्यता प्रदान गरेको हो।

एनआरएन अमेरिकाको सदस्य संख्या १० हजार, चुनावी चहलपहल सुरू

गैरआवासिय नेपाली संघ अमेरिकाको सदस्यता लिने समय सकिएको छ। अन्तिम नामावली आउने दिनसम्म सदस्यको सख्या १० हजारको हाराहारीमापुग्ने अनुमान गरिएको छ।

राप्रपाले सदस्यता वितरण अभियानलाई तिव्रता दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले सक्रिय सदस्य वितरण अभियानलाई तिव्रता दिने भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले महामन्त्री एवं संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिए।

धनगढीलाई राजधानी तोकेपछि कांग्रेसको सदस्यता त्याग

सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि साबिकको राजधानी डोटीमा नेपाली कांग्रेससंग आबद्ध जिल्लाका नेता÷कार्यकर्ताहरुले धमाधम पार्टीको सदस्यता त्याग गर्न सुरु गरेका छन्।

पत्रकार महासंघको सदस्यता वितरण समावेशी बनाउन माग

समावेशी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको नयाँ सदस्यता वितरणमा विभेद भएको जनाउँदै समावेशी बनाउन माग गरेको छ। अभियानमा आबद्ध आठवटा पत्रकार संगठनले सोमबार संयुक्त विज्ञप्तिमार्फत नयाँ सदस्यता वितरणमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपांगता भएका पत्रकारलाई विभेद भएको जनाउँदै महासंघको ध्यानाकर्षण गराएको हो।

सदस्यताबारे सूचना माग गर्दै पत्रकार महासंघमा निवेदन

नेपाल पत्रकार महासंघमा सदस्यताबारेको विवाद बढ्दै गएको बेला आइतबार पत्रकार रामप्रसाद दाहालले सदस्यता वितरणबारेको सूचना माग गरेका छन्।

महासङ्घको सदस्यता वितरणप्रति युनियनको आपत्ति

नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले गैरनेपाली नागरिकलाईसमेत महासङ्घको सदस्यता स्वीकृत गरेको भन्दै सच्याउन माग गरेको छ।

एमालेको सदस्यताका लागि परीक्षा लिने: उपाध्यक्ष शाक्य

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संधिधान कार्यान्वयनमा दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएकी छन्। नेकपा एमाले चितवनले शनिबार भरतपुरस्थित पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान कार्यान्वयनमा सरकार गम्भीर नबनेको आरोप लगाइन्।

गैरपत्रकारलाई वितरण गरेको सदस्यता खारेज गर्न माग

मिडिया नेपालले पत्रकार महासंघका पदाधिकारीले गैर पत्रकारलाई सदस्यता वितरण गरेको भन्दै आपत्ति जनाएको छ। मिडिया नेपालको केन्द्रीय कार्य समितिको चितवन बसेको बैठकले क्रियाशिल पत्रकारलाई महासंघको सदस्यताबाट बन्चित गर्ने तर विभिन्न जिल्लामा गैरपत्रकारलाई सदस्यता दिएर नेतृत्व कब्जा गर्न लागेको भन्दै आपत्ति जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्