१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

धनगढीलाई राजधानी तोकेपछि कांग्रेसको सदस्यता त्याग

डोटी – सरकारले प्रदेश नम्बर ७ को अस्थायी मुकाम कैलालीको धनगढी तोकेपछि साबिकको राजधानी डोटीमा नेपाली कांग्रेससंग आबद्ध जिल्लाका नेता÷कार्यकर्ताहरुले धमाधम पार्टीको सदस्यता त्याग गर्न सुरु गरेका छन्।

पार्टीका केन्द्रीय सभापति नै प्रधानमन्त्री भएको सरकारले दिपायलको बिपक्षमा निर्णय गरेपछि आफूहरुको पार्टीमा बस्नुको औचित्य सकिएको उनीहरुको भनाई छ।

बुधबार साँझ एक प्रेस बिज्ञेप्ती प्रकाशित गरेर नेपाली कांग्रेसका जिल्ला कार्यसमितिका सचिव, पूर्ब जिल्ला कार्यसमितिका उपसभापति, क्षेत्रीय सभापति लगायतका सयौ नेताकार्यकर्ताहरुले पार्टीको सदस्यता त्यागेको घोषणा गरेका छन्।

‘अन्यायपूर्ण निर्णय आएपछि सामुहिक राजिनामा दिन बाध्य भएका छौ,’ जिल्ला सचिव नारायण जोशीले भने, ‘नेपाली कांग्रेस डोटी जनताको भावना बिपरित जानसक्दैन्। बरु पार्टी केन्द्रसंग नाता टुटाउन सक्छ। त्यसैअनुसार डोटेली जनतासंग बस्न पार्टी त्यागेका छौ।’ सोही कुरा अर्का जिल्ला सचिव बिरेन्द्र शाहले पनि दोहो¥याए।

‘हामी पहिले यहि माटो र यहाँका जनताका प्रतिनिधि हौ। त्यसपछि पो कांग्रेस। कांग्रेस पनि न्याय र लोकतन्त्रका लागि लडेको पार्टी भएकाले आबद्ध भएका थियौ,’ डोटी क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बिजय खड्काले भने, ‘जब पार्टी नै अन्याय गर्छ भने हामी कसरी कांग्रेसमा बस्न सक्छौ ?’

प्रकाशित: ३ माघ २०७४ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App