८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सांसदहरूलाई ह्वीप उल्लंघनको कारबाही गर्न मिल्दैन: सर्वोच्च

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री भएपछि उनलाई समर्थन गर्न सांसदहरूलाई पार्टीको ह्वीप नलाग्ने सर्वोच्च अदालतले ठहर गरेको छ। सर्वोच्चले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेको हो।

नेताहरुलाई दबाब दिन कांग्रेस निकट युवा भेला : गुटको राजनीति अन्त्य गर्न माग

सातवटै प्रदेशका युवा नेताहरुको सहभागितामा गोरखामा शनिबार भएको भेलाले वैचारिक र राजनीतिक कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका हुन्।

क्षेत्रीय सभापतिले किर्ते गरेको वडा सभापतिहरूको आरोप

स्थानीय निर्वाचनमा सुवर्ण गाउँपालिकाको अध्यक्षमा राजपा पार्टीबाट चुनाव लडेर कांग्रेसका उम्मेदवरलाई हराएका रूपनारायण यादवको परिवारका ३५ जनालाई नयाँ सदस्यता दिइएको पत्रकार सम्मेलनमा जनाइएको छ।

'वडा सभापतिहरुलाई सदस्यता फारमै नदिइ क्षेत्रीय सभापतिले सदस्यता थपे'

नेपाली काँग्रेस बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापतिले वडामा नयाँ सदस्यता थप्न र पुरानोको नविकरण गर्न फारम नदिएको आरोप क्षेत्रीय उपसभापति र वडा सभापतिहरुले लगाएका छन्।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न माग

नेपाली कांग्रेसले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न माग प्रस्तुत गरेर चिकित्सक, विद्यार्थी र कर्मचारीले जारी राखेको आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले समाधानको खासै पहल नगरेको आरोप लगाएको छ।

कांग्रेस महामन्त्रीद्वारा स्वास्थ्य सामाग्री प्रदान

‘कोरोनाका कारण पालिका र स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य सामाग्री नहुँदा विरामी, तिनका आफन्त र स्वास्थ्यकर्मीहरुले दुःख भोग्नु परेको अनुभव मैले गरेँ,’ पूर्व गृहमन्त्रीसमेत रहेका खड्काले भने, ‘पार्टी कामको व्यस्तताले आफै उपस्थित हुन नसकेपनि प्रतिनिधिमार्फत स्वास्थ्य सामाग्रीहरु पालिका र स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हुँ।’

पेचिलो बन्दै सदस्यता विवाद: अदालतको सहारा लिने तयारी

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिमा उजुरी थपिनेक्रम जारी रहेका बेला बिहीबार महामन्त्री शशांक कोइरालाले यो विषयको टुंगो लाग्न नसके तोकिएको मितिमा १४औं महाधिवेशन हुन नसक्ने बताएका छन्।

कांग्रेसमा सभापतिका आकांक्षी बढ्दै: साँच्चिकै कि प्रचारको लालसा ?

पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा आफूले उम्मेदवारी दिने बताउँदै भने, ‘शेरबहादुरजी र रामचन्द्रपौडेलपछि कांग्रेसमा सबैभन्दा सिनियर मै हुँ। अब उहाँहरूले मलाई सहयोग गर्नुपर्छ। दोस्रो पुस्ताका नेताहरूले पनि मलाई सहयोग गर्नुपर्छ। उहाँहरूको उमेर पनि छ। अर्को पटकका लागि तयारी गर्दा हुन्छ।’

स्थानीय तहमा काँग्रेसको अधिवेशन चहलपहल बढ्यो

नेपाली काँग्रेसको आगामी चौधौं महाधिवेशनको चहलपहल स्थानीय तहबाट सुरु भएको छ। काँग्रेस केन्द्रिय समितिले गरेको निर्णय अनुसार चौधौ महाधिवेशन हुने भएपछि जिल्ला तथा गाँउगाँउमा नेपाली काँग्रेसको अधिवेशनको चहलपहल सुरु भएको हो।

गिरिजाबाबुका कारण शान्ति प्रक्रिया र संविधान निर्माण सफल भएको होः निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन्।

आफ्नै प्रतिपक्ष नेपाली कांग्रेस

भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन।

कांग्रेस महाधिवेशनका केही सम्झना

क्रियाशील सदस्यता भनेको पार्टीका लागि एउटा नागरिकले प्राप्त गर्ने नागरिकता जस्तै हो तर नेपाली कांग्रेसले क्रियाशील सदस्यहरूलाई महाधिवेशनमा नेतृत्व चयन प्रक्रियामा महत्वपूर्ण ढंगले सहभागी गराए पनि पार्टीको नीति निर्माणमा भने खासै भूमिका दिएको देखिँदैन।

निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।

सुजिता भण्डारी मृत्यु प्रकरणः कांग्रेसद्वारा दोषीलाई कानूनी कठघरामा उभ्याउन माग

नेपाली कांग्रेसले पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजिता भण्डारीको रहस्यमय ढङ्गले भएको मृत्युले गम्भीर आशङ्का जन्माएको जनाएको छ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्