११ पुस २०८१ बिहीबार
image/svg+xml

रात्रीबस दुर्घटनामा दुईको मृत्यु, १८ घाइते

बुटवलबाट पाल्पाको रामपुरतर्फ जा“दै गरेको ना ४ ख ९२१८ नम्बरको रात्री बस पाल्पा सिलुवा–४ बैछापमा दुर्घटना हु“दा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

पाँचथर जिप दुर्घटनामा एकको मृत्यु, सात गम्भिर घाईते (अपडेट)

चिसोसँगै परेको सितमा चिप्लिए मेची राजमार्गमा सवारी दुर्घटना हुँदा गम्भिर घाईते आठ जना मध्ये एक जनाको मृत्यु भएको छ। ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाईते भएका भएका थिए।

सवारी दुर्घटनामा तीनकाे मृत्यु

बिराटनगर–३ बिजुली अफिस नजिक को १ त ६५८४ नंबरको ट्याक्टरले शुक्रबार को ११ प ५६८१ नंबरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोरङ बिराटनगर–८ बस्ने ३५ बर्षीय मनिष दुगडको मृत्यु भएको हो।

रौतहटको समनपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

रौतहटको समनपुर गाविसस्थित वागमती नदीमा वालुवा लिन जाँदै गरेको टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

पाँचथरमा जिप दुर्घटना, आठ गम्भीर घाइते

ताप्लेजुङबाट झापाको विर्तामोडका लागि छुटेको जिप पाँचथरको फिदिम–३ मा दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। मेचीराजमार्ग अन्तर्गत फिदिमको लालिखर्कमा सडक देखि जिप खसेको हो।

सवारी दुर्घटनामा दुईको मृत्यु

बेग्लाबेग्लै दुर्घटनामा २ जनाको ज्यान गएको छ। ढिमे–१ दमडाढा स्थित भे.१ त ५७०७ नम्बरको ट्याक्टर बिहीबार सडकदेखि करिव ३० मिटर तल खस्दा बर्दिया मोतिपुर नगरपालिका–४ बस्ने २६ बर्षीय ट्याक्टर साहु हरि बहादुर पुनको घटनास्थालमै मृत्यु भएको छ।

मिनीट्रक दुर्घटनामा २ को मृत्यु

रामेछापको पकरबास गाविस– ६ ढुंगेल गाउँको उकालोमा बुधबार राति भएको मिनीट्रक दुर्घटनामा २ जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते बनेका छन। जिल्लामा बुधबार नै भएको दुइ सवारी दुर्घटनामा ४ को ज्यान गएको छ ।

टिपर दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खडकाको मृत्यु भएको छ।

अवतरणका क्रममा जहाजको टायर पन्चर, दुर्घटनाबाट बच्यो

नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ। टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ।

दुर्घटनामा सशस्त्र प्रहरी हबल्दारको मृत्यु

महोत्तरी जिल्लाको जलेश्वर मटिहानी सडकखण्ड अन्तर्गत बहुअर्वा चोकमा गएराति मोटरसाइकल दुर्घटनामा एक सशस्त्र प्रहरी हबल्दारको मृत्यु भएको छ ।

टिपर दुर्घटनामा एकको मृत्यु

मन्थली नगरपालिका– १ को सुकाजोर खोला पुल नजिकै बुधबार विहान भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

रौतहटको भलोहीया-३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय दिलीप महतो र ३० वर्षीय देवेन्द्र तिवारी छन्। ना२च ८४१२ नम्बरको उक्त ट्याक्टर बाक्लो हुस्सुका कारण रोडबाट दस फिट तल खाल्डोमा झरेको प्रहरीले जनाएको छ।

नेपाली सेनाको गाडी दुर्घटना, ३३ घाइते, तीन जनाको अवस्था गम्भीर

शनिबार राति परेको हिमपातका कारण भिदत्तराजमार्गको साउखर्कमा अवरुद्ध भएको बाटो खोलेर फर्किने क्रममा नेपाली सेनाको लु १ ना २९४ नम्बरको (वान टन) ट्रक दुर्घटना हुदाँ ३३ जना सेना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

जीप दुर्घटनामा मालिककै मृत्युपछि घाइतेको उपचारमा समस्या

अघिल्लो साँझ यहाँ जीप दुर्घटना हुँदा मालिककै निधन भएपछि घाइतेहरुको उपचारमा समस्या परेको छ। दुर्घटनामा घाइतेहरुको उपचार खर्च गाडी मालिकले व्यहोर्ने परम्परा रहेकोमा मालिककै निधन भएपछि उपचारमा आर्थिक समस्या परेको आफन्तले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्