रामेछाप–मन्थली नगरपालिका–१ मक्षेडाँडी स्थित सडक खण्डमा ना.१ अ ५७ नम्बरको टिपर बुधबार सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुदाँ सिन्धुली भद्रकाली–८ बस्ने १८ बर्षीय रमेश बम्जन र मोहन खड्काको मृत्यु भएको छ।
दुर्घटनामा बम्जनको घटनास्थलमै र खड्काको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक सहित २ जनालाई उपचारको लागि धुलीखेलमा पठाइएको छ।
प्रकाशित: २७ पुस २०७३ ११:२६ बुधबार