५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु

रौतहट- रौतहटको भलोहीया-३ मा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ वर्षीय दिलीप महतो र ३० वर्षीय देवेन्द्र तिवारी छन्। ना२च ८४१२ नम्बरको उक्त ट्याक्टर बाक्लो हुस्सुका कारण रोडबाट दस फिट तल खाल्डोमा झरेको प्रहरीले जनाएको छ। ट्याक्टरले च्यापिएर दुबैको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस्तै रौतहटको मर्यादपुर-१ मा ना२च ६६६६ नम्बरको अर्को ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय लालबाबु यादव छन्। तीनैजनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नबिनकृष्ण भण्डारीले जानकारी दिए।

प्रकाशित: २६ पुस २०७३ ०२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App