१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कुलमान घिसिङविरुद्धको रिट कुमार रेग्मीको इजलासमा

घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको एकल इजलासमा परेको हो।

२०८० भित्र देशभर विद्युतको पहुँच पुर्‍याउने गरि काम भइरहेको छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताएका छन्।

सरकारको निर्देशन अनुसार काम गर्छु: कुलमान घिसिङ

बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका उनले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको हाईटलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिवद्धता जनाएका हुन्।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

मन्त्रिपरिषद् बैठकः कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त हुन सक्ने

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी गरेकी छन्।

कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।

कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही होइन : शंकर पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले कुलमान घिसिङलाई लोडसेडिङ अन्त्यको जस दिनु सही नभएको बताएका छन्

प्रधानमन्त्री ओलीले नै कुलमान घिसिङको पुनर्नियुक्ति रोकेका हुन् : पूर्वऊर्जामन्त्री पुन

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सबै नागरिकले चाहँदा चाहँदै पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्न नसकिएको आरोप लगाएका छन्।

देशकै ठूलो सबस्टेसन निर्माण सम्पन्न, प्राधिकरणका निवर्तमान निर्देशक घिसिङले दिए बधाई

देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनका रुपमा परिचित ढल्केबर सबस्टेसन नो लोडमा चार्ज भएको छ।

‘नायक’का अनिल कपुर र कुलमान घिसिङ

केही समयका लागि बत्ती त कुलमानका पालामा पनि गइरहन्थ्यो, तर उनी त्यहाँ हुँदासम्म लोडसेडिङ हुँदैन भन्ने हामी सबैको बुझाइ थियो। तर उनको बहिर्गमनपछि चितुवा कराउनु र बाख्रा हराउनु एकैचोटि भएको हो वा नियोजित हो, छुट्याउन गाह्रो छ।

कुलमान किन ?

अबको कम्तीमा दुई कार्यकाल कुलमानले चलाउन पाए भने नेपालको समृद्धिमा विद्युत् प्राधिकरणको मात्रै एकतिहाइभन्दा बढीको योगदान हुन सक्छ।

कुलमानले भने, मेरो पक्षमा सडक आन्दोलन नगरि दिनुहोला

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो पक्षमा सडक प्रदर्शन नगरिदिन आग्रह गरेका छन्। घिसिङले शनिबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीले नेपाल पनि आक्रान्त भएका बेला सडकमा भिडभाड गरेर प्रदर्शन नगरीदिन समर्थकलाई आग्रह गरेका हुन्।

तिमी छौ र पो उज्यालो छ!

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न माग गर्दै मइतीघरमा शान्तिपुर्ण प्रदर्शन भएको छ।उज्यालो नेपालका महानायक कुलमान घिसिङलाई पुनर्नियुक्ति गर, जनता भन्छन् फेरि कुलमान, तिमी छौ र पो उज्यालो छलगायत लेखेका प्ले कार्ड बोकेर प्रदर्शनमा उत्रेका हुन्। प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले बल समेत प्रयोग गरेको छ।

ऊर्जामन्त्री पुनको सचिवालयले भन्यो, कुलमानको प्रस्ताव मन्त्रिपरिषदमा विचाराधीन छ'

ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको सचिवालयले कुलमान घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी दिएको छ।

खतिवडा भित्र, कुलमान बाहिर

युवराज खतिवडालाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, गभर्नर, अर्थमन्त्री र अहिले विशेष आर्थिक सल्लाहकार बनाउन हुने तर राम्रो काम गरेका कुलमानलाई फेरि एकपटक पुनर्नियुक्ति दिन नहुने कस्तो नीति हो भन्दै आम सर्वसाधारणले सडकबाटै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्