३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

२०८० भित्र देशभर विद्युतको पहुँच पुर्‍याउने गरि काम भइरहेको छ: कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वि.सं. २०८० सालभित्र नेपालका सबै जनसङ्ख्यामा विद्युतको पहुँच पुर्‍याउने सरकारको लक्ष्य पुरा गर्नेगरी प्राधिकरणले काम अगाडी बढाएको बताएका छन्।  

उनले भने, ‘सम्वत् २०८० सालभित्र नेपालका सबै जनसंख्यामा विद्युतको पहुँच पुर्‍याउने नेपाल सरकारको लक्ष्य पूरा गर्न प्राधिकरणले आवश्यक कार्य गरिरहेको छ।’

उनले महाराजगञ्ज वितरण केन्द्रका केही स्थानमा वितरण प्रणालीलाई भुमिगत गर्ने कार्य सम्पन्न भएको र कुलेश्वर, किर्तिपुर, बानेश्वर, जोरपाटी र बालाजुमा वितरण लाइन भुमिगत गर्ने काम अगाडी बढेको बताए। त्यस्तै ललितपुर, भक्तपुर, पोखरा र भरतपुरमा पनि वितरण लाइन भुमिगत गर्ने कामको प्रक्रिया शुरु भएको जानकारी दिए।

कार्यकारी निर्देशक घिसिङले देशभर थ्रिफेज मिटरलाई स्मार्ट बनाउने कार्य अगाडी बढाइएको पनि बताए। वितरण प्रणालीलाई स्वचालित बनाउने काम पनिको पनि प्रक्रिया थालनी गरिएको उनले उल्लेख गरे।

प्रकाशित: १ भाद्र २०७८ ११:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App