coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुलमान घिसिङविरुद्धको रिट कुमार रेग्मीको इजलासमा

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै दायर गरेको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबार पेशी तोक्ने क्रममा उक्त रिट रेग्मीको एकल इजलासमा परेको हो।

रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन्।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, उर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाएर ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

प्रकाशित: २ भाद्र २०७८ ०६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App