२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

दाङमा सकियो मतगणना : वामगठबन्धन हाबी

प्रतिनिधि सभा र प्रदेश सभा गरी कूल ९ क्षेत्र रहेको दाङको नतिजा सार्वजनिक भएको छ । ९ क्षेत्र मध्ये ८ वटामा वामगठवन्धन विजयी भयो भने एक प्रदेशसभामा नेपाली कांग्रेस विजयी भएको छ।

महोत्तरी ३ को मतगणना स्थगित

महोत्तरी क्षेत्र नंम्बर ३ मा प्रतिनिधि सभा तर्फको मतगणना स्थगित भएको छ। जलेश्वर नगरपालिका ५ को मतदान केन्द्रमा खसेको मत भन्दा धेरै मत भेटिएपछि मतगणना स्थगित भएको हो।

मुचुल्काभन्दा बढी मत भेटिएपछि गोरखा दुईको मतगणना रोकियो

सबैको चासोको विषय बनेको गोरखा क्षेत्र नम्बर दुईको मतगणना रोकिएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठ प्रतिष्पर्धामा रहेको उक्त क्षेत्रको मतगणना रोकिएको हो।

इलाममा एकैपटक ८ समूहमा मतगणना

६६.४४ प्रतिशत मत खसेको इलाममा शुक्रबार अपराह्न मतगणना सुरु गरिएको छ। मतपेटिका बिहानसम्ममा सबैतिरबाट सदरमुकाम भेला भइसकेपनि सर्वदलीय बैठक र अन्य तयारीका कारण अपराह्न ३ बजे मात्रै गणना सुरु भएको को हो।

मतगणना झण्डै ५० प्रतिशत, अग्रता बढाउँदै बाम

चौवीस घण्टादेखि जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना झण्डै ५० प्रतिशत सम्पन्न हुन लाग्दा बाम गठबन्धनका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।

पर्सामा मतगणना सुरु

प्रतिनिधि सभा र प्रदेश सभाको लागि बिहीवार दोस्रो चरणको निर्वाचनको मतपत्रको गणना पर्सा जिल्लामा शुक्रवार दिउँसो साँढे २ बजेदेखि सुरु भएको छ । जिल्लाका सबै चारै वटा निर्वाचल क्षेत्रको मतपेटिका बेग्लाबेग्लै मतगणना कक्षमा राखेर खोलिएको छ । प्रतिनिधि सभासंगै चार वटै क्षेत्रहरुको पहिलो प्रदेशसभा क्षेत्रको पनि मतपेटिका खोलेर गणना सुरु भएको छ ।

कास्कीमा मतगणना शुरु

बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ।  तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो।

रुपन्देहीमा मतगणना शुरु

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको रुपन्देहीमा मतगणना शुरु भएको छ। प्रतिनिधिसभामा जिल्लाका पाँच निर्वाचन क्षेत्र र १० प्रदेशसभाअन्तर्गत भैरहवास्थित भैरहवा बहुमुखी क्याम्पसमा क्षेत्र नं १, २ र ३ को मतगणनास्थल तय गरिएकोमा अहिले अपरान्हबाट क्षेत्र नं १, २ र ३ को मतगणना प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत नरिश्वर भण्डारीले जानकारी दिए।

सिन्धुपाल्चोकमा मतगणना स्थल बढाइयो

तोकिएको समयभित्र मतगणना नसकिने भएपछि सिन्धुपाल्चोकमा गणनास्थल बढाइएको छ । बिहान साढे १० बजेपछि चार स्थानबाट मतगणना भइरहेको छ ।

काठमाडौं-१ मतगणना सुरु

काठमाडौं क्षेत्र नं. १ को मतगणना सुरु भएको छ। दोस्रो चरण अन्तर्गत हिजो बिहीबार भएको मतदान भएको थियो। शुक्रबार बिहान सर्वदलीय बैठक गरी मतगणना थालिएको हो।

महोत्तरीमा मतगणना १ बजेपछि मात्र

बिहीबार अवेर रातिसम्म महोत्तरीको चार वटै निर्वाचन क्षेत्रबाट मतपेटिका सदरमुकाम जलेश्वर ल्याइ सकिए पनि मतगणना कार्य हुन ढिलो हुने देखिएको छ।

गोरखा १'क' को मतगणना रोकियो

गोरखा क्षेत्र नम्बर १ को मतगणनामा विवाद भएको छ। बदर र सदर मतबारे बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद भएपछि मतगणना रोकिएको छ।

सिन्धुपाल्चोकमा यसरी हुँदैछ मतगणना (भिडियो)

सिन्धुपाल्चोकमा ठीक पाँच बजेबाट मतगणना भइरहेको छ। प्रतिनिधिसभा सदस्यको मतगणना भइरहेको हो । यहाँ दुईटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन्।

डोल्पामा अझै सुरु भएन मतगणना

पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरूमा मतगणना सुरु भएर धमाधम पहिलो चरणको मतपरिणाम सार्वजनिक भइरहेको बेला डोल्पामा भने अझै मतगणना सुरुहुन सकेको छैन्। मुख्य निर्वाचन कार्यालयले विहीबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर पैँतालिस मिनेट गइसक्दा पनि मतगणना हुन सकेको छैन्।

मतगणनाको समयमा रसुवामा विद्युत आपूर्ती ठप्प

मतगणना भैरहँदा रसुवामा विद्युत आपूर्ती ठप्प भएको छ। त्रिसुली ग्राङबीचको ६६ केभि प्रशारण लाइनमा प्राविधिक समस्या आएपछि विद्युत आपूर्ती ठप्प भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्