३ कार्तिक २०८१ शनिबार
image/svg+xml

म्याग्दीमा मतगणना सुरू

पहिलो चरणमा निर्वाचन सम्पन्न भएको म्याग्दीमा बिहीबार साँझ पाँच बजेबाट मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समयमै प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सुरू भएको हो । राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले सिलबन्दी खोलेर उम्मेदवार र प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सुरू भएको हो। प्रतिनिधिसभाको दुई र २ वटा प्रदेशसभाको एक–एक ठाउँमा गरी चार ठाउँमा मतगणना गरिएको छ ।

जाजरकोटमा मतगणना सुरु

पहिलो चरणमा मंसिर १० गते निर्वाचन सकिएको जाजरकोटमा सवा पाँच वजे देखि गणना सुरु भएको छ। प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाको लागि दुइ क्षेत्र रहेको जाजरकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले दुइ दुइ बाकसमा रहेका मतपत्रहरु मिसाएर गणना सुरु गरेको छ ।

दार्चुलामा मतगणना सुरु

पहिलो चरणमा मंसिर १० गते प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको मतदानको दार्चुलामा मतगणना सुरु भएको छ।

पूर्वी रुकुममा मतगणना सुरु

पूर्वी रुकुममा मतगणना सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत पहिलो चरणमा मंसिर १० गते यहाँ चुनाब भएको थियो। यहाँ १८ हजार १३२ मत खसेको छ।

पहिलो चरणको मतगणना सुरु

पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुमा साँझ पाँच बजेदेखिनै मतगणना हुँदैछ। पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधि सभा र प्रदेश सभाका ७४ क्षेत्रमा मंसिर १० गते निर्वाचन भएको थियो। दोस्रो चरणको मतदान सकिए लगत्तै प्राय जिल्लाको मतगणना गर्ने तयारी गरिएको निर्वाचन आयोगले जनाएकोछ। सर्वदलीय बैठक बसेर मतगणनालाई अघि बढाउन दलहरु लागेका छन्। पहिलो चरणमा ६५ प्रतिशत मत खसेको थियो।

मतगणनास्थल खुला, गणना तयारी (फोटो फिचर)

सिन्धुपाल्चोकमा मतगणनाको लागि मतगणनास्थल खुला गरिएको छ। उम्मेदवार, दलका प्रतिनिधि गणनास्थलमा प्रवेश गरिरहेका छन्।

सिन्धुपाल्चोकमा ठीक ५ बजेबाट मतगणना

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दोस्रो चरणमा मतदान सकिनासाथ बिहीबार पाँच बजेदेखि मतगणना थाल्ने तयारी गरेको छ । मतगणनाको सबै तयारी पूरा भएको सिन्धुपाल्चोकमा पहिलो चरणमा मतदान भएको थियो ।

मतगणना स्थलमा तारजाली र सिसिटिभी क्यामरा

मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले २१ गतेबाट सुरु गरिने मतगणना स्थललाई सुरक्षित बनाउन गणना गरिने स्थानमा तार जाली लगाएको छ । चितवनमा मतपत्र च्यातिएको घटनाबाट तर्सिएको स्थानीय प्रसाशनले राजनीतिक दलसँगको छलफलबाट तारजाली प्रयोग गरेको हो ।

सिसिटिभी राखेर मतगणना गर्न निर्देशन

निर्वाचन आयोगले मतगणना स्थलमा सकेसम्म सिसिटिभी राख्न सबै जिल्ला निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ ।

मतपत्र च्यात्नेलाई मतगणनामा राख्दैनौं : मुख्य निर्वाचन अधिकृत

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ । मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।

यस्तो छ मतगणनाको तयारी (भिडियो)

पहिलो चरणमा मतदान भएको सिन्धुपाल्चोकमा दोस्रो चरणको निर्वाचन सकिँनासाथ मंसिर २१ गते साँझ ५ बजेबाट मतगणना सुरु गरिने भएको छ।

खडक नपामा मतगणना अवरुद्ध

सप्तरीको खडक नगरपालिकाको मतगणना आज साँझदेखि अवरुद्ध भएको छ। खडक नगरपालिका–१० को मतगणनाको क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि केही दलका प्रतिनिधिले मतगणना बहिष्कार गरी बाहिरिएपछि मतगणना साँझ ६ बजेबाट अवरुद्ध भएको हो।

लहान नगरपालिकाको मतगणना पुनः स्थागित

लहान नगरपालिका-५ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि लहानको मतगणना पुनः स्थगित भएको छ।

कांग्रेस एक भोटले विजयी, माओवादीद्वारा पुनः मतगणनाको माग

रौतहटको गरुडा नगरपालिका-३ मा नेपाली कांग्रेसले वडाध्यक्षमा १ भोटले विजय हासिल गरेको छ। कांग्रेसका उम्मेदवार कृष्णकुमार सहनीले ३०८ मत प्राप्त गरी वडाध्यक्षमा विजय हासिल गरेको हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्