३ कार्तिक २०८१ शनिबार
image/svg+xml
राजनीति

पर्सामा मतगणना सुरु

 वीरगन्ज – प्रतिनिधि सभा र प्रदेश सभाको लागि बिहीवार दोस्रो चरणको निर्वाचनको मतपत्रको गणना पर्सा जिल्लामा शुक्रवार दिउँसो साँढे २ बजेदेखि सुरु भएको छ । जिल्लाका सबै चारै वटा निर्वाचल क्षेत्रको मतपेटिका बेग्लाबेग्लै मतगणना कक्षमा राखेर खोलिएको छ । प्रतिनिधि सभासंगै चार वटै क्षेत्रहरुको पहिलो प्रदेशसभा क्षेत्रको पनि मतपेटिका खोलेर गणना सुरु भएको छ । 

बिहान बसेको सर्वदलीय बैठकले दिउँसो २ बजेदेखि मतगणना गर्ने भने पनि आधा घण्टा ढिलो मतगणना सुरु भएको हो। प्रत्येक वडाको गिन्ती सकिए लगतै गणना परिणाम सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

मतगणनास्थलमा सिसिटिभी क्यामरा लगाइएको छ भने तारजाली लगाएर दल तथा उम्मेदवारका प्रतिनिधिहरूको बस्ने व्यवस्था गरिएको छ । सबै प्रबन्ध गरेर मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक जना अधिकृत ठाकुर ढकालले बताए । स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित: २२ मंसिर २०७४ ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App