२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सुस्त र अस्तव्यस्त पुनर्निर्माणले बिथोलिँदो समाज

स्थानीय स्तरमा पुनर्निर्माणको वस्तुगत अवस्था नियाल्ने हो भने स्पष्ट रूपमा वर्ग विभाजन हुँदै गएको प्रस्ट देखिन्छ । कसैले घरको जगसमेत हाल्न सकिरहेका छैनन् भने कसैले ठूल्ठूला महल ठड्याइसके । यसले समाजमा मेलमिलाप, भाइचार तथा हार्दिकता घट्ने पक्का छ । साथै, ऐतिहासिक मौलिक महत्व तथा संस्कार–संस्कृतिसहितको बस्ती–टोल पुनर्निर्माण भएको छैन ।

थापाथलीलाई केन्द्र बनाई भूकम्पको धक्का

काठमाडाैंको थापाथली आसपासमा केहीबेर अघि ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ। विनाशकारी भूकम्पपछिको परकम्प बिहान ११ः२६ बजे गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहलाई

भूकम्पले क्षति पुगेका मध्ये २७ प्रतिशत निजी आवास पुनर्निर्माणको जिम्मेवारी स्थानीय तहले पाएका छन्। जिल्लामा ७३ प्रतिशत निजी आवास निर्माण भइसकेको अवस्थामा सोमबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) रसुवाले जिम्मेवार स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी गोष्ठी सम्पन्न

भूकम्प अतिप्रभावित दुई जिल्लामा ‘सस्टेनेबल रिकभरीः एक्स्पिरियन्स सेयरिङ बिट्युइन नेपाल एन्ड जापान’ विषयक गोष्ठी सम्पन्न भएको छ।

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्साबारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुंग देखिन्छन्। नयनबहादुर गातीको कुखुरे गाउँका हुन्। भुँइचालोले घर मात्रै भत्काएन, बस्तीको चारैतिरबाट पहिरो लागेपछि उनी गाउँबाटै विस्थापित हुन बाध्य भए।

यसरी निर्माण भइरहेछ गुप्सिपाखामा एकीकृत बस्ती (फोटो फिचर)

नेपाली सेना सँगै स्थानीय पनि आफ्नो घरको रङरोगन, ट्रस्ट राख्ने, साना तिना काम सिध्याउने तरखरमा तल्लिन छन्।

सम्पदा बस्ती बुङमती अझै उठ्न सकेन

‘एक वर्षभित्र तपाईँहरूका घर ठडिन्छन्। लडेका ऐतिहासिक सम्पदाहरू उठ्छन्। सबैलाई सुरक्षित वास दिलाउन सरकार लागिपर्छ,’ तीन वर्षअघि ललितपुरको ऐतिहासिक वस्ती खोकना पुगेर तत्कालीन तथा हालका प्रधानमन्त्री केपी शर्मा ओलीले घरवास गुमाएकालाई यसरी सान्त्वना दिएका थिए।

नयाँ घरमा सपना सजाउँदै पार्वती

चिटिक्कको दुईकोठे घर। रङरोगन भर्खरै सकिएको छ। भित्री कोठाहरु राम्ररी ओभाइसकेका छन्। आइतबार दोलखा नाम्दु गाउँकी पार्वती घिमिरेको घर पुग्दा उनी बाहिरपट्टि बढार्दै थिइन्। ‘रङरोगन भर्खर सकिएको, अलिअलि फोहोर थियो, त्यसैले बढार्दैछु’, यसो भन्दै गर्दा उनको अनुहारमा चमक देखिन्थ्यो।

पुनर्निर्माणमा व्यस्त दलित समुदाय

भूकम्पले थातथलोबाट खेदिएका नयनबहादुर बिक बाह्रविसेको खुर्सानीवारीस्थित कान्लेखेतमा घर बनाउन व्यस्त छन्। पुनर्निर्माण अन्तिम चरणमा पुग्दा घरले आकार लिएपछि उनी फुरुङ्ग देखिन्छन्।

दिक्तेलमा नक्कली भूकम्प !

गैरी गाउँका स्थानीय आ–आफ्नै काममा व्यस्त थिए। अचानक भूकम्प आउँदा गैरी गाउँका स्थानीयको जनजीवन एकाएक तहसनहस बन्न पुग्यो। कमजोर संरचनाका कारण केहीले ज्यान गुमाए, दर्जनौं घाईते भए। खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बुधबार देखिएको यो घट्ना यतार्थ भने होईन।

विपदबाट नसिकिएको पाठ

प्राकृतिक बाध्यताकै कारण भूकम्प, बाढी, पहिरो, शीतलहरजस्ता विपद् हामी नेपालीहरूका लागि नियमित नियति बन्न पुगेका छन्। जसलाई रोक्न, छेक्न नै नसके तापनि न्यूनतम क्षतिमै टार्न भने सकिन्छ। हरेक विपद्ले केही न केही नयाँ पाठ सिकाउँछ नै।

सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सुरक्षित मुलुक निर्माणको अभियानमा रहेको बताएका छन्। एक्काइसौँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा बुधवार एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, “हामी सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित मुलुक निर्माणको अभियानमा छौँ, भूकम्प प्रभावित क्षेत्रमा सबै खालका संरचना भूकम्प प्रतिरोधी र सुरक्षित बनाउँदैछौँ।”

साढे तीन वर्षमा बल्ल पक्की घर

भूकम्प गएको साढे तीन वर्ष बितिसकेको छ। धादिङमा भूकम्पपछिको पुनर्निर्माण कार्य चित्तबुझ्दो छैन। पूर्ण क्षति भएका घरको लाभग्राही सूचि ननिस्किँदा गुनासो पोख्दैमा चार बर्खा र चार हिउँद कटिसकेको छ। क्षति नभएकाहरु घर बनाएर बसिसकेका छन् भने पूर्ण क्षति हुनेहरु आफ्नो नाम लाभग्राही सूचिमा कहिले आउला भनेर पर्खिरहेका छन्।

‘घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक’

प्रधानमन्त्री केपी शर्मा ओलीले घर बनाइसकेका भूकम्पपीडितको अनुदान नरोक्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएका छन्। सोमबार प्राधिकरण परामर्श परिषद्को चौंथो बैठकमा सम्बोधन गर्दै उनले उक्त निर्देशन दिएका हुन्।

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्