१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दिक्तेलमा नक्कली भूकम्प !

दिक्तेलमा भूकम्प पूर्वतयारी अभ्यासमा घाईतेको उद्धार गर्दै सुरक्षाकर्मी। तस्बिर : दमन राई

खोटाङ – गैरी गाउँका स्थानीय आ–आफ्नै काममा व्यस्त थिए। अचानक भूकम्प आउँदा गैरी गाउँका स्थानीयको जनजीवन एकाएक तहसनहस बन्न पुग्यो। कमजोर संरचनाका कारण केहीले ज्यान गुमाए, दर्जनौं घाईते भए। खोटाङको दिक्तेलस्थित माटिकोरे खेलमैदानमा बुधबार देखिएको यो घट्ना यतार्थ भने होईन। २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवशरमा कृत्रिम भूकम्प अभ्यासकाक्रममा देखाइएको दृश्य हो। भूकम्पको परिचय, भूकम्पले पुर्‍याउने क्षती तथा यसबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका बिषयमा सर्वसाधारणलाई जानकारी गराउने लक्ष्यकासाथ दिक्तेलमा कृतिम भूकम्प अभ्यास प्रदर्शन गरिएको हो।

भूकम्प पूर्व तयारी अभ्‍यासमा भूकम्पबाट गैरी गाउँ ध्वस्त हुँदा नजिकैको खोला गाउँ भने जोगिएको देखाइएको थियो। कारण थियो खोला गाउँका भूकम्प प्रतिरोधी संरचना र जनचेतना। नक्कली भूकम्पमा नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मीको अभिनयले माटिकोरे खेलमैदानमा उपस्थित दर्शकको ताली पाएको थियो। भूकम्प गएपछिको उद्धार, राहत सामग्री वितरण, पुःर्नस्थापना लगायतका दृश्यले दर्शकको मन जितेको थियो। भूकम्प जोखिम न्यूनीकरणका लागि पुर्वतयारी सम्बन्धि कृतिम घट्ना अभ्यास देखाइएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए।

भूकम्प सुरक्षा दिवसमा माटिकोरे खेलमैदानमा भूकम्पकाबेला उपयोग हुने उद्धार सामग्री तथा भूकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धी जानकारी दिने सूचनामूलक सामग्री प्रदर्शन गरिएको थियो। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रेडक्रस, जिल्ला अस्पताल लगायतसँगको सहकार्यमा बिपद व्यवस्थापन समितिले भूकम्प सुरक्षा दिवस मनाएको हो। मेयर दीपनारायण रिजालले भूकम्पले नभै कमजोर संरचनाले मान्छे मार्ने भएकाले मजबुद संरचना बनाउनका लागि आग्रह गरे। सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ।

प्रकाशित: २ माघ २०७५ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App