दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर
–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
–पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन्। बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि(ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो।
भिमसेन थापा गाउँपालिका वडा ५ खान्चोकमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक हिमाल घर्तीको मृत्यु भएको छ । ट्रली बिनाको लु३त ९५६१ नम्बरको ट्याक्टर सडकमा पल्टिदाँ दाङ तुलसीपुर नगरपालिका बनहरी बस्ने वर्ष २२ का घर्ती घाइते भएका थिए ।
काठमाडौँको टोखा नगरपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
धादिङको गजुरी गाउँपालिका वडा नं २ मलेखु नजिकै त्रिशुली नदीमा पल्टिएको ग्याँसको बुलेटबाट ग्याँस चुहिन थालको छ।
शुक्रबार राती पुर्व पश्चिम राजमार्गको बर्दियाको बारबर्दिया नगरपालिका–आठऔरी बजार नजिक जीप पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
आठबीसकोट नगरपालिकामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिका–४, गोतामकोटका ३२ वर्षिया कर्ण बुढाको मृत्यु भएको हो।
नुवाकोटबाट बालुवा बोकेर काठमाडौँतर्फ गइरहेको मिनिट्रक छहरे–टोखा सडकखण्डको सुनखानीमा दुर्घटना हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।
मेची राजमार्गअन्तर्गत झापाको बुद्धशान्ति गाउँपालिका–४ वर्ने सडकखण्डमा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ।
कार्गो विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ सैनिकको मृत्यु भएको छ ।
बाराको चुरियामाईमा आज बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० विद्यार्थी घाइते भएका छन्।
मोरङमा सोमवार साँझ दुईवटा गाडी एकअापसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
झापाको भद्रपुरबाट काठमाडौँतिर आउँदै गरेको बा४ख ६९१९ नंको माइक्रो बस सोमबार बिहान मोरङ जिल्लाको सुन्दरहरैचा–७ ठडिया चोकमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अरु १० यात्रु घाइते भएका छन्।
डडेल्धुरा नवदुर्गा गाउँपालिका–१ कोटेलीबाट जन्ती बोकी गन्यापधुरा गाउँपालिकातिर गइरहेको से १ ज २३८ नं को जिप दुर्घटना हुँदा जन्ती गएका सातजना घाइते भएका छन्।