२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचन मिति निक्र्याेल

स्थानीय तह निर्वाचन मिति घोषणा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल आफैंले तोकेको समयसीमा नाघिसकेको छ। उनले माघ १५ भित्र निर्वाचन तिथि घोषणा गर्ने जानकारी सार्वजनिक रूपमै दिएका थिए। उक्त सीमाभित्र घोषणा त भएन नै, मिति घोषणामा उल्लेख्य प्रगतिसमेत हुन सकेको छैन।

निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनु पर्छ: नेता खड्का

सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले माघभित्रै निर्वाचनको मिति घोषणा गर्न नसके प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा गरेर बाटो खुल्ला गर्नुपर्ने बताएका छन्।

अनेरास्ववियुको ११ हजार सदस्यीय निर्वाचन परिचालन कमिटी

अनेरास्ववियुले स्ववियु निर्वाचनको तयारी थालेको छ। अनेरास्ववियुको स्थायी कमिटी बैठक स्ववियु निर्वाचनको परिचालनको लागि नविना लामाको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचिलन समिती बनाएको छ।

प्रधानमन्त्रीले निर्वाचनबारे दलीय परामर्श गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्ने भएका छन्।

प्रमुख निर्वाचन आयुक्तलाई प्रधानमन्त्रीले भने: जेठ पहिलो साता भित्रै निर्वाचन हुन्छ

प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवलाई स्थानीय तहको निर्वाचनको तयारीमा रहन भनेका छन्।

निर्वाचन सम्बन्धी सबै विधयक साेमबार पारित हुन्छन्ः सभामुख घर्ती

सभामुख ओनसरी घर्तीले निर्वाचनसँग सम्बन्धित सबै विधेयकहरु व्यवस्थापिका–संसद्बाट आगामी सोमबार पारित हुने बताएकी छन्।

स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक, फागुन १४ गते मतदान

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

निर्वाचन आयोगमा तीन आयुक्त सिफारिस

संवैधानिक परिषद्ले निर्वाचन आयोगमा लामो समयदेखि रिक्त तीन निर्वाचन आयुक्त नियुक्तिका लागि सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रवार बसेको परिषद् बैठकले निर्वाचन आयुक्तमा ईश्वरीप्रसाद पौड्याल, नरेन्द्र दाहाल र सुधीरकुमार साहलाई नियुक्तिका लागि सिफारिस गरिएको परिषद्का सदस्यसचिवसमेत मुख्यसचिव सोमलाल सुवेदीले जानकारी दिए।

निर्वाचनसम्बन्धी विधेयक राज्य व्यवस्था समितिबाट पारित

संसदको राज्य व्यवस्था समितिबाट संघीय संरचनाअनुसारको निर्वाचनसम्बन्धी विधेयक शुक्रबार पारित भएको छ। समितिले निर्वाचन कसुर तथा साजयसम्बन्धी प्रचलित कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ लाई पारित गरेको हो।

मिति तोक्दा निर्वाचन भएन भने? : प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्काल निर्वाचन घोषणा नहुने संकेत गरेका छन्। माघ १५ सम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने बताएका दाहालले पर्वत अाएर तत्काल मिति घोषणा नहुने संकेत गरेका हुन्।

एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुन्छः देउवा

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले स्थानीय निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । अवको एक हप्ताभित्रै निर्वाचनको मिति घोषणा हुने र एकबर्ष भित्रमा स्थानीय निर्वाचन हुने दाबी गरेका देउवाले दाङका नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।

एकै पटक तीनै तहको निर्वाचन घोषणा माग

नेकपा (एमाले)का प्रमुख सचेतक भानुभक्त ढकालले सरकारलाई तीनै तहको निर्वाचन मिति एकै पटक घोषणा गर्न माग गरेका छन्।

१५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको १५ दिनभित्रमा स्थानीय निर्वाचनको मिति घोषणा हुने बताएका छन्। नेपाल प्रेस युनियन दाङले बिहीबार तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘अबको १० देखि १५ दिनभित्रमा तिन तहको निर्वाचन गर्नेगरी मिति घोषणा हुन्छ ।’

निर्वाचन घोषणा गर्न दबाब

प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल स्थानीय तहको चुनाव मिति घोषणा गर्न प्रमुख प्रतिपक्ष एमालेसहित सत्तारूढ नेपाली कांग्रेस, राप्रपा नेपाल र नागरिक समाजका अगुवाले दबाब दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्