२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चुनावको तिव्र तयारीमा निर्वाचन कार्यालय

वैशाख ३१ गते हुन गइरहेकोे स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय, डडेल्धुराले सबै किसिमका तयारी तीव्र पारेको छ ।

निर्वाचनपछि विकास निर्माणले गति लिन्छ : राज्यमन्त्री महतो

भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताएका छन् ।

जिल्ला निर्वाचन अायाेगकाे बैठक मोर्चाको कारण स्थगित

निर्वाचन आयोग महोत्तरीद्वारा स्थानीय निर्वाचन प्रयोजनको लागि जिल्लामा मतदान स्थल थप गर्न बोलाइएको बैठक मधेसी मोर्चाको विरोधका कारण स्थगित भएको छ।

प्रदेश निर्वाचनको पनि बाटो खुल्यो

प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र निर्धारण गर्ने कानुनी आधार तयार भएको छ। व्यवस्थापिका संसद् बैठकले निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित गरेपछि अन्य दुई तहको निर्वाचनका लागि क्षेत्र विभाजन गर्ने कानुन आधार तय भएको हो।

संविधान कार्यान्वयन र निर्वाचन

समयसीमाभित्र चुनाव भएन भने लोकतन्त्रको हार हुनेछ। जनताको बलिदानबाट प्राप्त उपलब्धिको हार हुनेछ। त्यस कारण चुनाव कि संशोधन भन्ने प्रश्नमा चुनाव नै पहिलो हुनुपर्छ।

निर्वाचन आयोगको तयारी अन्तिम चरणमा

निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

मधेसमा निर्वाचन गर्न नआउनुस्: उपेन्द्र यादव

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसै अवस्थामा मधेसमा निर्वाचन गराउन नआउनु भन्दै कर्मचारीलाई चेतावनी दिएका छन्।

स्थानीय निर्वाचनका लागि मतपत्र छपाई सुरु

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि मतपत्र छपाई थालेको छ। वैशाख ३१ गतेका लागि घोषित निर्वाचनका लागि आयोगले आज आइतबारदेखि मतपत्र छाप्न सुरु गरेको हो।

निर्वाचन र संविधान संशोधन एकै समयमा हुन सक्दैनःबिजुक्छे

नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन बहिष्कार गर्ने अधिकार सबैमा भए तापनि सम्भव भएका स्थानमा निर्वाचन गरी बाँकी रहेका स्थानमा पछि गर्न सकिने बताएका छन्।

निर्वाचन आयोगविरुद्ध राप्रपाको विरोध जुलुस

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगद्वारा आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै आइतबार त्यसविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

निर्वाचन गराउन सरकारले खुट्टा कमाउनु हुँदैन : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।

मोर्चालाई निर्वाचनमा सहभागी हुन उपप्रधानमन्त्री थापाकोआग्रह

उपप्रधानमन्त्री कमल थापाले स्थानीय तहको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई सहभागी हुन आह्वान गरेका छन् ।

संशोधनको निहुँमा निर्वाचन रोक्ने षड्यन्त्रः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको निहुँ पारेर सरकारले निर्वाचन रोक्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। उनले बैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्ने षड्यन्त्र भए एमालेले कडा कदम चाल्ने चेतावनी दिए।

मधेसी मोर्चालाई समेटेर स्थानीय निर्वाचनमा जानुपर्छ : नेता महत

नेपाली काँग्रेसका नेता डा रामशरण महतले मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर मोर्चालाईसँगै लान सकेमा मात्र स्थानीय तहको निर्वाचन सफल हुनसक्ने बताएका छन् ।

राप्रपाको विधानबाट निर्वाचन आयोगले संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हटायो

निर्वाचन आयोगले संविधानसँग बाझिएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट ‘संवैधानिक राजतन्त्र’ र ‘हिन्दु राष्ट्र’ हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्